img2
सिसडोल जाने ट्रकबाट सडकमै खस्छन् फोहर

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन अहिले सिसडोल ल्याण्डफिल्ड साईटमा लगेर फालन्े गरिएको छ । दैनिक रुपमा सयौँ ट्रक तथा ट्रिपरले फोहरका भारी लिएर सिसडोलमा बिसाउने गरेका छन् । उपत्यकाका विभिन्न स्थानबाट संकलित फोहर ट्रिपरमा हालेर निजी संघ संस्थाले सिसडोलमा फोहर लैजादा अनिवार्य रुपमा छोप्नु पर्ने व्यवस्था गरिएको छ ।

फोहर व्यवस्थापन गर्न बालाजु बाईपासबाट सिसडोल लैजाने क्रममा पासाङ्ग ल्हामु सडक खण्डमा फोहरलाई त्रिपालले छोप्नु अनिवार्य रहेको छ ।सवारी साधनको क्षमता भन्दा बढी फोहर राखेर देखाउनका लागि मात्र छोप्ने प्रवृत्तिले सडकमा यत्रतत्र फोहर खस्ने गरेका छन् । सडकमा खसेका फोहरमा चिप्लेर दुई पाग्रै सवारी साधन दुर्घटनामा पर्ने गरेको स्थानीय दिपेश आचार्यले बताउनुभयो । उहाँका अनुसार खसेका फोहरले वातावरणमा वायु प्रदुषण गर्ने तथा स साना दुर्घटना निम्त्याउने हुदाँ त्यसमा संवेदनशिल बन्न आग्रह गर्नुभयो ।

सवारी साधनबाट फोहर खस्ने विषयमा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपनि खासै वास्ता नगरेको आचार्यलेृ बताउनुभयो । यसको उचित व्यवस्थापनका लागि दुई महानगर तथा सम्बन्धित संघ संस्था गम्भिर हुनुपर्ने देखिएको छ ।

  तस्बिर: दिपेश आचार्य


 

 

Give Us Feedback