img2
वातावरणका मुद्धामा सहकार्य र साझा धारणा आवश्यक

वातावरण विभागले वातावरण मुद्घामा क्रियाशिल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्था, उद्योगी व्यवसायी, संचारमाध्यम तथा सरोकाररवालासगँ सगँ सहकार्यका लागि सवाद तथा छलफल शुरु गरेको छ । काठमाडौ उपत्यका लगायता देशका प्रमुख शहरहरुमा विभिन्न प्रकृतिका वातावरणीय समस्या तथा प्रदुषण देखिएकाले त्यसको न्युनीकरणका लागि साझा कार्यक्रम तथा रणनीत निर्माण गर्ने उद्देश्य रहेको विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णलृ जानकारी गराउनुभयो । उहाँले वातावरण का विषय बहुपवक्षिय सरोकारका मुद्धा भएकाले त्यसमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाको प्राविधिक ज्ञान, सिप क्षमता तथा स्रोतको आवश्यकता रहेको बताउनुभयो ।



कार्यक्रममा विभागका तर्फवाट वातावरण अधिकृत प्रकास के.सीले विभागको काम, वायु प्रदुषणको अवस्था र रोकथामका लागि आवश्यक रणनीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरि अन्य कार्यपत्र ईसिमोडका भूपेश अधिकारी, ईन्फोका विपिन डंगोल, कन्जुमर आई नेपालकी  बिमला खनाल र क्लिन एशिया नेपालका राजन थापाले आ आफ्ना संस्थाले वातावरण क्षेत्रमा गरेका कार्य र विभागसगँको साझेदारीको वातावरण माथि प्रकाश पार्नुभएको थियो ।

संवाद कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिहरुले वातावरण विभागले नीतिगत निर्णय गर्न, जनशक्ति व्यवस्थापन, स्रोत परिचालन र समन्वयमा विशेष ध्यान दिन आग्रह गरेको थिए । वातावरणीय दृष्टिकोणबाट मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने काम भएकाले त्यसलाई रोक्न साझा कार्यक्रममा सहकार्य र सहयोग गर्न ईच्छा गरेको बताए ।
कार्यक्रममको उद्देश्य र भावी रणनीतिका सन्र्दभमा विभागका उप महानिर्देशक ईन्दु विक्रम जोशी यसो भन्नुहुन्छ ।  
 

 

Give Us Feedback