img2
ललितपुर महानगरमापनि ब्रुमर संचालन

ललितपुर महानगरपालिकाले दुईवटा ब्रुमर मार्फत आफ्ना शहरी क्षेत्रका सडक सफाइ गर्ने भएको छ । शुक्रवार एक कार्यक्रमकाविच ब्रुमरको उद्घाटन गर्दै नगर प्रमुख चिरिबाबु महर्जनले औद्योगीकरण र शहरीकरणकाले गर्दा वायुको गुणस्तर खस्कदै गएकाले धुलो न्युनीकरया तथा फोहर व्यवस्थापनमा बु्रमरको प्रयोग गर्ने बताईएको छ । महानगरले दुई ब्रुमर ४ करोड ४८ लाखमा खरिद गरेको हो । दुईवटा बु्रमरलाई चौडा सडक भएका स्थानमा निश्चित तालिका बनाएर विहानको समयमा प्रयोग गरिने बताईएको छ ।



ब्रुमर संचालन तथा व्यवस्थापनको तालिका महानगरको वातावरण विभागले गर्ने ईन्जिनियर प्रदिप अमात्यले जानकारी गराउनुभयो । सो ब्रुमरमा ६ सय २० लिटर पानी तथा र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको छ ।

ईको समाचारसगँ कुरा गर्दै महानगर प्रमुख महर्जनले प्राविधिक कारणबाहेक अन्य अवस्थामा ब्रुमर नरोकिने र संचालनका लागि उचित वातावरण तय हुने तथा सफा र स्वच्छ महानगर बन्नेमा विश्वास रहेको जानकारी गराउनुभयो ।

यससगैँ शहरी शौन्र्दयतालाई ध्यान दिदै सडक किनारा तथा सार्वजनिक स्थलमा रोपिएका विरुवाहरुमा पानी राख्न २ वटा ट्याङ्कर समेत खरिद गरेको छ । सुख्खा याममा पानीका अभावले निकै मेहेनतले रोपेका विरुवा मर्ने समस्या अब नरहने समेत बताईएको छ । महानगरले छिमेकी राष्ट्र भारतबाट प्राप्त एम्बुलेन्सलाई समेत संचालनका ल्याएको छ ।

 

Give Us Feedback