img2
मौसम पूर्वानुमानका सन्र्दभमा नेपालको क्षमता के हो ?

नेपालको भौगोलिक भू वनोटका कारण मौसम पूर्वानुमान गर्न चुनौती बनेको छ । मौसम तथा बाढी पूर्वानुमानको गर्न जल तथा मौसम विज्ञान विभागसगँ उपयुक्त प्रविधि तथा पर्याप्त स्रोत नभएको विभागका महानिर्देशक सरजु कुमार बैद्यले जानकारी गराउनुभयो । करिब ५० प्रतिशत भन्दा लामो ईतिहास रहेपनि विमानस्थलमा मात्र केन्द्रित रहेको आम नागरिकको बुझाई रहेको छ  ।

नेपाल सरकारको आवश्यक सेवा संचालन ऐन, २०१४ अन्तर्गत मौसम पूर्वानुमान सेबालाई आवश्यक सेवामा गाभिएको हो।जल तथा मौसम विज्ञान विभागको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवस्थित मौसम पूर्वानुमान महाशाखावाट मौसम पूर्वानुमान सम्वन्धि सेवा प्रवाह हुँदै आएको छ।नेपालमा मौसम सम्वन्धि निकायको स्थापना नै हवाई मौसमलाई लक्षित गरि शुरु गरिएको भएपनि प्रारम्भ देखिनै मौसम पूर्वानुमान महाशाखाले हवाई तथा जन साधारणकालागि समेत मौसम पूर्वानुमान सेवा प्रदान गर्दै आइरहेको छ। नेपालमा मौसम पूर्वानुमान सम्वन्धि सेवा २०२५ पौष १ गतेबाट शुरु गरिएको हो।

पछिल्लो समय जल वायु परिवर्तन तथा विभिन्न प्राकृतिक तथा मानवीय कारण प्रकोपको स्वरुप र असर बढ्दै गएको छ । नेपालमा जल तथा मौसम पूर्वानुमान गर्ने प्रविधि, क्षमता र मानवीय जनशक्तिका सन्र्दभमा ईको समाचारसगँ कुरा गर्दै विभागका महानिर्देशक सरजु कुमार बैद्य यसो भन्नुहुन्छ ।

 

 

Give Us Feedback