img2
चित्रकलामा जीवन र प्रकृति संरक्षण

चित्रकार सम्झना राजभण्डारीले आफ्ना सृजनामार्फत वातावरण, प्रकृति र वन जंगल संरक्षण गर्न आग्रह गर्नुभएको छ  । विहीबार सर्वनाम थिएटरमा आयोजित चित्रकला प्रर्दशनीमा उहाँले प्रकृति संरक्षणको सन्देश, नारीको जीवन, हरियाली वातावरणको महत्व लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधान न्यायधीश सुशीला कार्कीले कला जुनसुकै स्वरुपमा भएपनि त्यसको विश्वव्यापी महत्व रहेको र प्रर्दशनीमा राखिएका चित्रकलामा आफुले जीवन र प्रकृति विचको सम्बन्ध भेटेको जानकारी गराउनुभयो । उहाँले वास्तविकतामा हामी नागरिकले पनि प्रकृति वातावरण तथा पर्यावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ  ।

कलाकार राजभण्डारीका कलामा आफुले जीवन र जगत भेटेको अनुभुती गर्दै हामी बाच्ने वातावरणीय तत्वको गुणस्तरियता कायम गर्न सबैमा आग्रह गर्नुभयो । अर्को फरक प्रसङ्गमा बोल्दै उहाँले काठमाडौ उपत्यकामा प्रदुषणको मात्रा र असर बढ्दै गईरहेकाले तीनै तहका सरकार तथा नागरिकलाई फोहरमैला व्यवस्थापन, प्रदुषण न्युनीकरण र हरियाली प्रर्वद्धन सक्रिय हुन आग्रह गर्नुभएको छ ।

आफ्नो एकल चित्रकला प्रर्दशनीले नागरिकमा प्रकृति संरक्षण गर्ने सोच विकास गर्न सहयोग पुग्ने चित्रकार सम्झना राजभण्डारीले बताउनुभयो । उहाँले समाजमा सकारात्मक उर्जा प्रदान गर्न चित्रहरुले सहयोग गर्ने र मानव जीवनका लागि वातावरण संरक्षणमा सबैला लाग्न प्रेरित गर्नुभएको छ ।

 

Give Us Feedback