img2
सोच बदलौ

काठमाडौं महानगरपालिकामा फोहरको व्यवस्थापन एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । बाटोमा जताततै फोहर फालिएको देखिन्छ । चक्लेटका खोल, प्लास्टिकका बोतलहरु, चाउचाउ अनि बिस्कुटका खोल अन्य फोहर बाटोमा फालिएको देख्न सकिन्छ । हामीलाई थाहा छ कि बाटोमा फोहर गर्नुहुन्न तर पनि गछौं ।

जथाभावि फोहर फ्याक्ने धेरैको बानी बनिसकेको छ । अरु त अरु हामी चक्लेट खाएपछि फोहर फाल्न कुडादानी खोज्नु त कहाँ हो कहाँ सिधैँ बाटोमा फाल्छौ । हामी आफै परिवर्तन भएनौ भने देशमा केहि परिवर्तन आउँदैन् । सरकारले पनि यो विषयमा कडा कानुन ल्याउनु पर्छ । हामीले नै आफूमा केही परिवर्तन ल्याएर काठमाडौंलाई सफा बनाउनु पर्छ ।

वातावरणलाई माया गर्नुपर्ने हाम्रो धर्म र कर्तव्य हो । हामीलाई सबै कुरा वातावरणबाटै प्राप्त हुन्छ । हामीलाई खानेकुरा देखी लिएर सबै कुरा वातावरणले नै दिएको छ ।  हामी जे छौँ सबै वातावरण कै कारणले छौँ । त्यसैले वातावरण प्रदूषण गर्नु हुँदैन ।

Give Us Feedback