img2
शौचालय बनेपछि रमाए नागरिक, असोज १३ मा नेपाल खुला दिसामुक्त देश घोषणा हुने

नेपालका ७७ वटै जिल्लाले एक घर एक शौचालय निर्माणको काम सम्पन्न गरेर आ आफुना जिल्लालाई औपचारिक कार्यक्रमकाविच खुला दिसामुक्त क्षेत्र घोषणा गरेसगैँ नेपाल घोषणाको बाटो खुलेको छ । २०७६ असोज १३ गते काठमाडौमा एक औपचारिक समारोहकाविच नेपाल घोषणा गर्ने तयारी भईरहेको सचिवालयले जानकारी गराएको छ ।

                अब ८ दिन बाँकी
 
तराईका जिल्लामा शौचालय निर्माण र प्रयोग गर्न पाएपछि नागरिकले खुसी व्यक्त गरेका छन् । धनुषाको औरही गाउँपालिका १ कि जानकी देवीले शौचालय निर्माणपछि महिलालाई विशेष रुपमा सहज भएको बताउनुभयो । उहाँका अनुसार वडाका प्रत्येक घरमा शौचालय बनेको र सबै खुसी भएको बताउनुभयो । शौचालय निर्माण पश्चात वर्षात, बाढीको तथा  सर्पको डर समेत हटेकोले स्थानीय खुसी भएका छन् ।

व्यक्तिगत तथा परिवारको तहमा शौचालयको निर्माण, प्रयोग, सरसफाइ साबुन पानीको प्रयोग पानी र खानाको स्वच्छता कायम गर्ने लगायतका मापदण्डका आधारमा जिल्लालाई घोषणा गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्र्तगत ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा प्रमुख ईन्जिनियर देवेन्द्र झाले जानकारी गराउनुभएको हो ।

खुला रुपमा शौच गर्दा मानव स्वास्थ्य तथा वातावरणमा पर्ने नकारात्मक असर न्युनीकरण गर्न सरकारले शुन्य अनुदानमा यस अभियानको थालनी गरेको थियो ।

दक्षिण एशियामै नमूना कार्यक्रम बनेको शौचालय निर्माण तथा प्रयोगको यस काममा प्रदेश नं २ मा व्यापक सुधार देखिएको छ । अति विपन्न तथा आफ्नो जग्गा नभएका नागरिकलाई स्थानीय सरकार तथा संघ संस्थाको समन्वयमा सार्वजनिक शौचालयको व्यवस्था गरिएको छ ।
 

     २०७६ असोज १३ गते नेपाल घोषणा गर्ने तयारी

विगतका समयमा खुला ठाउँ तथा खेतमा शौच गर्ने वृद्धदेखि बालकसम्म अहिले घरमा भएको शौचालय प्रयोग गर्ने भएका छन् । नेपालका प्रत्येक जिल्लाका नागरिकले आफ्नो क्षमता अनुरुपको शौचालय निर्माण र प्रयोग गरेका छन् ।

घोषणा भईसकेका केहि जिल्लामा विगतका पर्न गएको  प्राकृतिक विपत्तका कारण समस्या देखिएपनि स्थानीय सरकार तथा संघ संस्थाको सहकार्यमा पुर्न निर्माण भईरहेको छ ।

शौचालयको प्रयोग तथा सरसफाइको पूर्वाधार निर्माण भएपनि अब त्यसमा नागरिकको व्यवहार परिवर्तन गर्न चेनतामुलक कार्यमा जोड दिनुपर्ने देखिएको छ ।

 

Give Us Feedback