img2
खुला दिसामुक्त नेपाल घोषणा, हामी सबैलाई बधाई

सरकारको एक घर एक शौचालय अभियान, शौचालयको प्रयोग र क्रमैसगँ देश खुला मुक्त अभियानले आज सार्थकता पाएको छ । देशको ७७ जिल्ला घोषणा पश्चात प्रधानमन्त्री के.पी शर्मा ओलीले आज औपचारिक कार्यक्रमकाविच नेपाल घोषणा गर्नुभएको हो । शुन्य अनुदानमा सामाजिक अभियानको रुपमा अघि बढेको अभियानले दक्षिण एशियामै नौलो रेकर्ड कायम गरेको छ । औपचारिक घोषणासगँ नेपाल सम्भवत दक्षिण एशियामा पहिलो राष्ट्र बनेको छ ।

सामाजिक आन्दोलनका रुपमा दशकौको यस अभियानका सन्र्दभमा खानेपानी मन्त्रालयका सह सचिव एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष चन्द्र के.सी यसो भन्नुहुन्छ ।

नेपालका करिब ५७ लाख घरधुरीका नागरिकलाई सामाजिक अभियानका रुपमा शौचालयमा पँहुच पुर्याउन सफल भएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा अभियान सरकारी निकाय, विकास साझेदारी संस्था, सबै सरोकारवालाको सामाजिक अभियान रहेकाले सबै नेपाली नागरिक बधाईको पात्र रहेको Water Aid का राष्ट्रिय निर्देशक तृप्ति राईले बताउनुभयो । उहाँका अनुसार यस घोषणासँगै अब पूर्ण सरसफाइको यात्रा तर्फ सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपालको सामाजिक सोच, संस्कार र आर्थिक धरातलका बाबजु पनि सरसफाइको क्षेत्रमा नेपालको यो ठूलो उपलब्धी रहेको र अब व्यवहार परिवर्तनको आवश्यकताका सम्बन्धमा UN Habitat का कार्यक्रम प्रर्वन्धक सुधा श्रेष्ठ यसो भन्नुहुन्छ ।

विगतमा धेरैका लाथि आशंका र सस्तो चर्चाको विषयका रुपमा लिएपनि आज सत्य सावित भएको र यस अभियानमा सहयोग गर्ने सबै नागरिक, सरकारी निकाय तथा सरोकारवालाका लागि उत्सवको क्षण भएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका पूर्व अध्यक्ष अवध किशोर मिश्र बताउनुहुन्छ ।

शौचालय र सरसफाइजस्तो प्राविधिक विषयमा तीनै तहको सरकार तथा नागरिक जिम्मोवार बन्नुपर्ने अबको यात्रा पूर्ण सरसफाइको सूचकमा केन्द्रित रहन आवश्यक रहेको छ । नागरिकको व्यवहार परिवर्तनसगैँ शौचालयको प्रणे र वातावरण संरक्षणमा सकारात्मक अभियानका लागि नयाँ गोरेटो तय भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उप महानिर्देशक उमाकान्त दुवाडीले बताउनुभयो ।

असोज १३ मा नेपालले सरसफाइ रस्वच्छताको सवालमा नयाँ आयामको थालनी गरेको जानकारहरुले बताएका छन् ।  

 

 

Give Us Feedback