img2
ईकोसमाचार सफल रुपमा दोस्रो वर्षमा प्रवेश

पर्यावरण संरक्षण र विपद् न्युनीकरणमा केन्द्रित  अनलाईन न्युजपोर्टल ईकोसमाचारले पहिलो वर्ष सफलता पूर्वक सम्पन्न गरेको छ । नेपाली संचार जगतमा धेरै संचार माध्यम राजनीति, अपराध, मनोरञ्जन लगायतका वृतमा संलग्न भईरहदा वातावरणका विषय उठान र तत्पश्चातको समाधान खोज्ने उद्देश्यले आजभन्दा एक वर्ष अघि भाद्र १७ मा ईकोसमाचार अनलाईन स्थापना भएको हो ।

एक वर्षको अन्तरालमा अनलाईन मार्फत विषयगत पाठकलाई वातावरण, फोहरमैला व्यवस्थापन, हरियाली प्रर्वद्धन, जलवायु परिवर्तन लगायत विभिन्न विषयमा जानकारी गराउदै जनचेतना अभिवृद्धि गर्न सहयोग भएको विश्वास लिएका छौँ ।


न्युजपोर्टलमार्फत दैनिक रुपमा समाचार तथा ४० भन्दा बढी टेलिभिजन कार्यक्रम ईको टक मार्फत वातावरणका विभिन्न मुद्दामा बहस पैरवी गर्नुका साथै नागरिक सरोकारका विषयमा छलफल संचालन गर्न सफल भएका छौँ । फोहरमैला व्यवस्थापन, सरसफाई लगायतका विषयमा हाम्रो उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै नागरिकलाई सचेतनासहितको खवरदारी गरिरहेका छौँ ।

संचारकर्ममा प्रत्येक विषय आफैमा नयाँ सिकाई रहने भएकाले हामी आफै सिक्दै, वातावरणका विषयमासमाचार,  रिपोर्ट, कार्यक्रम सम्बन्धी जानकारी पस्कने अवसर प्राप्त भएको छ ।

वातावरणका विषय अझैपनि धेरै नागरिकदेखि नीति तहका व्यक्तिहरुलाई समेत वैकल्पिक लागिरहेको अवस्थामा यस्ता विषय उठान गरेर संचार माध्यममा खुलेर बहस पैरवी गर्ने  दृढ संकल्प लिएका छौँ । धेरै गर्न सकेका छैनौँ तर थोरै भएका परिवर्तनको  हिस्सेदार बनेका छौँ ।
हामीलाई वातावरण पत्रकारिताका लागि हौसला प्रेरणा, सल्लाह, सुझाव प्रदान गर्नुहुने सबै सबैमा आभार व्यक्त गर्न चाहन्छौँ ।

नेपालमा पत्रकारिता आफैमा त्यत्ति सहज त छैन तर तपाईहरु सबैको शुभेच्छा र सद्भावले हामी अघि बढिरहेका छौँ ।

सदैव यहाँहरुको रचनात्मक टिप्पणीसहित सहयोगको अपेक्षा गर्दछौँ ।

 

Give Us Feedback