img2
संविधान दिवसः संविधानले सुनिश्चित गरेको धारा ३०

 

आज असोज ३, अर्थात २०७२ सालमा नेपालमा पहिलोपटक संविधान सभाबाट संविधान जारी भएको दिन । संविधानसभाले संविधान जारी गरेको दिनलाई सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

नेपाली नागरिकले स्वतन्त्रता सहित विभिन्न मौलिक अधिकार सुनिश्चित गरेको नेपालको संविधान २०७२ को धारा ३० मा स्वच्छ वातावरणको हक समेत समावेश गरिएको छ ।

प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्नँ पाउने हक हुनेछ भनेर उल्लेख गरिएपनि व्यवहारतह वातावरणीय तत्वका गुणस्तर कायममा सरकारको सक्रियता देखिएको छैन ।
वातावरणीय प्रदुषणबाट कोहि पििडत भएमा प्रदुषकबाट क्षतिपूर्ति पाउने हक हुनेछ भनेर संविधानमा व्यवस्था गरेको विषयमा समेत कार्यन्वयनको अवस्था चिन्ताजनक रहेको छ ।
वातावरण र विकासविच समुचित सन्तुलन कायम गर्न वातावरण मनाउने उद्देश्य रहेपनि विकासमा वातावरणका मुद्दालाई बाधकका रुपमा लिने सोच परिवर्तन भएको छैन ।

अन्र्तराष्टिय समुदायलृ हेर्दा वातावरणको हक मौलिक अधिकारमा रहेतापनि पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, शहरी शौन्र्दयता, वायु प्रदुषण लगायतका विषयमा  वातावरणीय पक्ष हेर्ने हो भने धेरैको असन्तुष्टि देखिन्छ ।

काठमाडौ उपत्यका लगायत शहर केन्द्रित स्थानमा वातावरणीय तत्वमा गुणस्तर खस्कनुले धेरैलाई सोचमग्न कनाएको छ । सरकारले वातावरणका विषयमा थप गम्भिर र जिम्मेवार बन्दै नागरिकलाई यसतर्फ सक्रियता बढाउन गृहकार्य गरे सैद्धान्तिक बुदाँ व्यवहारमा देखिने विश्वास लिन सकिन्छ ।

 

Give Us Feedback