img2
सरकारी कार्यलयमा विजोग शौचालय, गैरजिम्मेवार जवाफ दिन्छन् कर्मचारी

शौच प्राकृतिक हो । सबै मानिसका लागि शौचालय आधारभुत आवश्यकता हो । मुलुकमा थुप्रै स्वरुपका परिवर्तन र क्रान्ति भईसक्दापनि सामाज्य  शौचालय क्रान्ति हुन नसकेको पछिल्लो उदाहरण हो , त्रिपुरेश्वरस्थित कमपनी रजिष्टार कार्यलय । दैनिक सयोँ सेवाग्राही काम लिएर आउने शौचालयको विजोग अवस्थाबारे वाग्मती सफाइ अभियन्ता प्रिया लामिछानेले आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको थियो । धेरैले उक्त तस्बिरमा सामान्य सफाइपनि गर्न नसक्नु सम्बन्धित प्रशासन तथा कर्मचारीको बेवास्ता गरेको, ईच्छाशक्ति नभएको र शौचालयको अवश्यकता नबुझेको व्यक्त गरेका छन् ।

सरकारी निकायको उदासिनता र बेवास्ताका कारण सामान्य सफाइ पनि गर्न नसकिएको प्रस्ट भएको छ । शौचालयको दुरावस्था हेर्दा धेरै समयदेखि प्रयोग नभएको देखिएको छ तर नागरिक त्यहि शौचालय प्रयोगमा बाध्य भएका छन् । 

काठमाडौ उपत्यकाका सार्वजनिक शौचालयमा केहि अपवाद बाहेक धेरैको अवस्था उस्तै रहेको छ । महानगरले शौचालय व्यवस्थापनलाई नागरिकप्रतिको दायित्व र सेवा भन्दापनि सुविधाको रुपमा प्रयोग गरेर शूल्क निर्धारण गर्न अवस्था आफैमा तितो यथार्थ बनेको छ । सार्वजनिक स्थल तथा सरकारी कार्यलयको शौचालय सरसफाइ तथा व्यवस्थापनमा सबैको ध्यान जाओस् । 


 

Give Us Feedback