img2
असोज १३ मा घोषणा हुदैँ नेपाल, सर्वत्र खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान तिव्र

दक्षिण एशियामै सफाइ र स्वच्छतामा विशेष दिन कायम गर्न नेपालले २०७६ असोज १२ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दैछ । करिब २ दशकभन्दा लामो मेहेनतपश्चात सरकारको अनुदानरहितको अभियानमा सार्थकता प्राप्त गर्न लागेको हो । यस अभियानलाई सफल बनाउन बाकिँ रहेका सबै जिल्ला शौचालय निर्माण, अनुगमन तथा व्यवस्थापनमा सक्रिय रहेका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्र्तगत ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाख प्रमुख ईन्जिनियर देवेन्द्र झा का अनुसार भोजपुर, सोलुखुम्बु, वारा, पर्सा, धनुषा, महोत्तरी,काठमाडौ, कपिलवस्तु लगायतका जिल्लाले काम तथा अनुगमनमा तिव्रता पाएको जनाउनुभयो । उहाँका अनुसार नेपालले विशेष अभियानमा सबैको साथ  सहयोग आवश्यक रहेको जानकारी गराउनुभयो । 



काठमाडौ महानगरले केहि प्राविधिक कारणले रोकिएको घोषणा मंगलबार सम्पन्न गरेको छ । विभिन्न जिल्लाका स्थानीय सरकारले सरसफाइ र स्वछताको अभियानमा धेरैले सक्रियता लिदै घोषणा गरिरहेका छन् । नेपाल सरकारको नीति तथ कार्यक्रमले समेत प्राथमिकतामा राखेको कारण धेरैको चासो रहेको छ । 

ईकोसमाचारलाई प्राप्त जानकारी अनुसार खुला दिसामुक्त क्षेत्र घोषणा अभियान दक्षिण एशियामै पहिलोपटक नेपालले औपचारिक घोषणा गर्न लागेको हो । एक घर एक शौचलय अभियानलाई सार्थकता दिदैँ करिब ९९.९९ प्रतिशत घरमा शौचालय निर्माण सम्पन्न भईसकेका छन् । तराईका केहि जिल्लामा बाढी तथा प्राकृतिक प्रकोप र अति विपन्न परिवारमा जग्गा तथा आर्थिक अवस्थाको कमिले केहि समस्या देखिएको थियो । अति विपन्न नागरिकलाई स्थानीय सरकारले सामुहिक शौचालय निर्माण गरेर शौचालयको पहुँचमा ल्याएको हो ।

सरसफाइ र स्वच्छतामा नेपाललाईनै प्रथम बनाउन तीनै तहका सरकारको सहयोग, समन्वय र सक्रियता बढ्दै गएको छ ।  असोज १३ गते काठमाडौमा भव्य र सभ्य कार्यक्रमकाविच नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको हो ।

Give Us Feedback