
सफाइ सरोकारको पहिलो श्रृखंला आज राति ९: ३० मा प्रशारण हुने
नेपालको खुला दिसामुक्त क्षेत्र घोषणाका बहुपक्षिय सरोकारका विषयमा तयार पारिएको कार्यक्रम सफाइ सरोकारको पहिलो श्रृखंला आज राति ९: ३० मा प्रशारण हुने भएको छ ।
खुला दिसामुक्त नेपाल घोषणा समारोहको विभिन्न विषयवस्तु समावेश गरिएको कार्यक्रम सफाइ सरोकारको पहिलो श्रृखंला बिहिबार राति ९ः३० मा सगरमाथा टेलिभिजनबाट प्रशारण हुने भएको छ । नेपाल घोषणा कार्यक्रम २०७६ असोज १३ सम्म आईपुग्दाका आधार, उपलब्धी , चुनौती र भावी कार्यक्रमबारे संवाद तथा रिपोर्ट मार्फत नागरिकलाई सुुसुचित गरिने सचिवालयले जानकारी गराएको छ ।
नागरिकको सहयोगमा शुन्य अनुदानमा संचालन भएको सामाजिक अभियानले पछिल्लो एक दशकमा सकारात्मक परिवर्तन भएको छ । भाद्र मसान्तसम्म नेपालका ७७ वटै जिल्ला घोषणा भएसगैँ नेपाल घोषणाको आधार तय भएको हो । सम्पूर्ण टेलिभिजन कार्यक्रमको अनलाईन संस्करण https://ecosamachar.com/ecotv मा हेर्न सकिनेछ ।