img2
संविधान दिवसको अवसरमा गोरखामा सफाइ सम्पन्न

संविधान दिवसको अवसरमा जिल्ला समन्यव समिति, गोरखाको नेतृत्वमा आज बजार तथा विभिन्न स्थानमा सफाइ सम्पन्न गरिएको छ । गोरखामा रहेका तीनै तहका सरकारका प्रतिनिधि, गैर सरकारी संस्था, सुरक्षा निकाय, नागरिक समाज, अभियन्ता तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।
सो क्रममा संकलन भएको फोहरलाई नगरपालिकाले व्यवस्थापन गरेको थियो ।

सरकारले यस वर्ष विभिन्न अवसरका कार्यक्रममा वातावरण सरसफाइ तथा वृक्षरोपणका कामलाई उच्च प्राथमिकता दिदै आएको छ ।

नेपाल सरकारले संविधान दिवसको अवसरमा असोज २ देखि ४ सम्म आफु मातहतका कार्यलय, तीनै तहका सरकार, सुरक्ष निकाय , विकास साझेदारी निकाय लगायत सम्पूर्ण नागरिकलाई विभिन्न कार्यक्रम गरेर मनाउन निर्देशन दिएको हो ।

तस्बिरः राम प्रसाद चौधरी

Give Us Feedback