img2
शुभ विजया दशमी, सबैमा वातावरण संरक्षणको दायित्व बोध होस् ।

 

शुभ विजया दशमी २०७६ सालको शुभ उपलक्षयमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक एवं समस्त नेपालीहरुमा सुख। शान्ति, संमृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै वातावरण संरक्षणमा स सानो प्रयास गर्ने शक्ति मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छौ ।

शुभ विजया दशमी

पर्यावरण संरक्षण र विपत न्युनीकरणमा केन्द्रित अनलाईन न्युज पोर्टल ईकोसमाचार डट कम सदैव वातावरण र यसका परस्पर मुद्दाहरुमा यहाँहरुलाई सूचना तथा समाचार प्रदान गर्न क्रियशिल रहनेछ ।

धेरै नेपालीले बेवास्ता गर्ने वातावरण, फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तन, प्रदुषण नियन्त्रण लगायतका विषयमा आ आफ्नो क्षेत्रबाट सोच र व्यवहार परिवर्तन गर्ने शक्ति मिलोस् । वातावरण जोगाऔँ र सभ्य नागरिकको परिचया दिऔँ ।

ईकोसमाचार टिम

Give Us Feedback