img2
स्थानीयलाई लक्षित गरेर ल्याईएका नीति व्यवहारिक हुने

वातावरण तथा जलवायु परिवर्तनका विषयका सबै नीति स्थानीयलाई लक्षित गरि ल्याउन आवश्यक रहेको वक्ताहरुले जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले तीनै तहका सरकारले जलवायु परिवर्तन सम्बन्धी नीति बनाउंदा समुदाय स्तरमा भइरहेका अभ्यास, सिकाई र भोगिएका चुनौतीलाई आधार मानेर नीति ल्याएका व्यवहारिक हुने बताएका छन् ।

Climate and Development Dialog नामक मञ्चले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रमका जलवायु परिवर्तनसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनका लागि नीति निर्माणकै चरणमा स्थानीय अभ्यासकर्मीका अनुभव र सुझाव समेट्दै, स्थानीय ज्ञानलाई उचित महत्व दिएर सो नीति निर्माण गर्न आग्रह गरिएको हो । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले राष्ट्रिय जलवायु नीति २०७६ आइसकेको अवस्थामा यस कार्यक्रमबाट आउने निचोडले नीतिको प्रभावकारी कार्यान्वयनमा सघाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

त्यसैगरि राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीले अहिले ह्युमन डायनोसोरले जलवायु परिवर्तनका समस्या सिर्जना गरेको उल्लेख गर्दै व्यवहारिक ज्ञानका आधारमा निर्माण भएका नीति तथा कार्यक्रमनै बढी सफल हुने अभ्यासले निर्देशित गरेको सही नीति तयार भयो भने जलवायु परिवर्तनको क्षेत्रमा सुधार हुने बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न जिल्लामा रहेर जलवायु अनुकुलन र न्यूनीकरणमा जुटिरहेका अभ्यासकर्ताहरुले आफ्ना अनुभव सुनाएका दोलखास्थित भिमेश्वर नगरपालिकाकी उपमेयरलगायत अन्य जनप्रतिनिधिले जलवायु परिवर्तनका असर न्युन गर्न आफ्नो पालिका र आफूले निर्वाह गरिरहेको भूमिकाको चर्चा गरेका थिए । साथै त्यसै क्रममा भोग्नुपरेका चुनौतीका बारेमा चर्चा गरिएको हो ।

कार्यक्रममा जलवायु परिवर्तनसँग जोडिएका संकटासन्नता, वित्त, जोखिम, उत्थानशीलता, बजेटको उपलब्धता र प्रयोग, लैंगिकता, स्थानीय सरकारले लिएका अग्रसरता जस्ता विषयसँग सम्बन्धित विषयगत क्षेत्रबारे कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । त्यस क्रममा विज्ञ र सहभागीहरुले जिज्ञासा राख्ने तथा सुझाव दिने कार्य पनि भएका थिए ।

वातावरण तथा जलवायु परिवर्तनका विषयका सबै नीति स्थानीयलाई लक्षित गरि ल्याउन आवश्यक रहेको वक्ताहरुले जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले तीनै तहका सरकारले जलवायु परिवर्तन सम्बन्धी नीति बनाउंदा समुदाय स्तरमा भइरहेका अभ्यास, सिकाई र भोगिएका चुनौतीलाई आधार मानेर नीति ल्याएका व्यवहारिक हुने बताएका छन् । वातावरण तथा जलवायु परिवर्तनका विषयका सबै नीति स्थानीयलाई लक्षित गरि ल्याउन आवश्यक रहेको वक्ताहरुले जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले तीनै तहका सरकारले जलवायु परिवर्तन सम्बन्धी नीति बनाउंदा समुदाय स्तरमा भइरहेका अभ्यास, सिकाई र भोगिएका चुनौतीलाई आधार मानेर नीति ल्याएका व्यवहारिक हुने बताएका छन् । 

Climate and Development  Dialog मा प्रकृति रिसोर्स सेन्टर, एक्सन एड, केयर, डिसिए, हेल्भेटास, किर्डाक, टेवा, दिदीबहिनी, प्राक्टिकल एक्सन, दि माउन्टेन इन्स्टिच्युट र साहस जस्ता १२ वटा संस्थाको साझा मञ्च भएको बताउँदै डायलगका सचिवालय सदस्य प्रविनमान सिंहले थपे, यसले जलवायु परिवर्तनका असर न्युनीकरणका लागि स्थानीय तहदेखि संघीय तहसम्मका, सामान्य लाभग्राही र पीडितदेखि विज्ञ र नीति निर्मातासम्म भेला गराएर छलफल तथा संवादका लागि जोड दिईएको छ ।

Give Us Feedback