img2
अछामको दर्ना लघु जलविद्युत आयोजना सम्मानित

नवीकरणीय उर्जामार्फत सामाजिक विकासमा टेवा पुर्याएकाले अछामको दर्ना लघु जलविद्युल आयोजना एक कार्यक्रमकाविच सम्मानित भएको छ । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको २३ औँ वार्षिकोत्सवका अवसरमा दर्नाले लघु जलविद्युत आयोजना मार्फत समुदायका नागरिकलाई उर्जामा पहुँच पुर्याउन सफल भएको र कुशल व्यवस्थापन मार्फत मुनाफा आर्जन गरेकाले सुप्रविधि नविकरणीय उर्जा पुरस्कारबाट सम्मानित भएको हो ।
 

सम्मान प्राप्तपछि ईकोसमाचारसगँ कुरा गर्दै संस्थका अध्यक्ष नयन बहादुर शाहिले यो सम्पूर्ण अछाम र दर्नाबासीका लागि सुखद क्षण रहेको बताउनुभयो । उहाँले अझै स्थानीय सरकार तथा सरोकारवालासगँ सहकार्य गरेर स्तरोन्नत्तीका लागि गृहकार्य गर्ने बताउनुभएको छ ।


अन्धकारमा जीवनयापन गर्ने नागरिक अहिले गाउँमा उत्पादन हुने दर्ना लघु जलविद्युत आयोजनाबाट ८३ किलोवाट विद्युत उत्पादा भएसगैँ उर्जामा पहुचँ पुगेको हो । नेपाल सरकार अन्र्तगत वैकल्पिक उजा प्रर्वद्धन केन्द्र र ग्रामिण जीविकोपार्जनकालागि नविकरणीय उर्जा को आर्थिक तथा प्राविधिक सहयोगमा आयोजनाले नयाँ उचाई लिएको हो ।


दीगो विकासका लक्ष्य प्राप्तीका लागि नविकरणीय उर्जाको प्रयोगलाई नागरिक माझ जानकारी गराउने तथा लघु जलविद्युत आयोजन सफल भएको छ ।दर्ना लघु जलविद्युत आयोजनाले गरेको सामाजिक परिवर्तनमा गरेको योगदान यस्तो रहेको छ ।

 

 

Give Us Feedback