img2
वायु प्रदुषणबाट नेपालमा दैनिक १२० जनाको मृत्यु, बेखबर छन् नागरिक

नेपालमा वायु प्रदुषणको संक्रमण बढ्दो दरमा रहेको अध्ययनले पुष्टी गरेको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा समेत बाह्य प्रदुषणमा वार्षिक २१ हजार ९ सय ८ तथा घर भित्रहुने प्रदुषण वार्षिक २३ हजार तीन सय ९७ को मृत्यु भएको उल्लेख छ ।

वायु प्रदुषणका कारण भईरहेको क्षति तथा वातावरणीय समस्याबारे धेरै बेखवर रहेका छन् ।

ग्लोबल एयर २०१९ रिपोर्ट अनुसार हावाको गुणस्तर २०१५ देखि २०१७ साल सम्म, वायु प्रदूषणमा नेपालीहरुको वार्षिक एक्सपोजर दर ९६ µg/m3 बाट १०० µg/m3 मा वृद्धि भएको थियो । नेपालमा भएका पूर्वाधार निर्माण, सवारी साधनबाट उत्सर्जन हुने धुवाँ, कलकारखाना तथा तथा अन्य कारणले वायुको गुणस्तर खस्कदै गएको हो । काठमाडौ लगायत देशका विभिन्न स्थानमा धुलो र धुवाँको मात्रा बढेकाले विभिन्न समस्या देखिएका छन् ।

नेपालमा बढीरहेको प्रदुषणबारे सरकारको जिम्मेवार निकाय तथा स्वयं नागरिकले बेवास्ता गरेका छन् ।

वातावरण विभागले संचालनमा ल्याएको प्रदुषण मापन यन्त्रले समेत धेरै जिल्लामा दिउसो समय रातो चिन्ह देखाउने गरेको छ भने साझँमा केहि फेरबदल हुने गरेको छ । यसले समेत नेपालको वायु प्रदुषणको बढ्दो दरलाई उजागर गरेको छ ।

सवारीसाधनको संख्या बढेको कारणले गर्दा समेत प्रदूषण बढेको हो । सडकमा धुवाँको मुस्लो फाल्ने सवारी साधनसमेत हरिया स्टिकर टासेर कुदिरहेका भेटिन्छन् । सवारीसाधनको राम्रो जाँच नगरेको हुनाले थोत्रा सवारी साधनबाट धेरै मात्रामा धुवा निस्कने गरेको छ ।

प्रदुषणकोस्तर हेर्दा धुवाँ धुलोबाट बच्न सामान्य माक्सले नधान्ने विज्ञहरुले बताएका छन् ।

नेपालको वायु प्रदुषणको अवस्था, कारण र न्युनीकरणका उपायका सम्बन्धमा वातावरणविद् राजन थापा यसो भन्नुहुन्छ ।

 

Give Us Feedback