img2
धार्मिक पर्यटन प्रचार गर्दै नागार्जुन नगरपालिका, ईचगुं नारायणमा मन्दिरमा विशेष मेला

काठमाडौको नागार्जुन नगरपालिकाले धार्मिक पर्यटनको प्रचारमा तिव्रता दिएको छ ।  हरिवोधनी एकादशीको मृलामा तिर्थालुले भ्रमण गर्ने चार नारायण मध्ये एक ईचंगु नारायणको मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख मोहन बहादुर बस्नेतले नगरपालिकाले धार्मिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको बताउनुभयो ।

ईचगु नारायण मन्दिरमा आउने भक्तजनलाई सहज रुपमा दर्शन तथा पुजा गर्ने सम्पूण व्यवस्था वडाले गरेको उहाँले जानकारी गराउनुभएको छ । धार्मिक आस्थाबाट सकारात्मक शक्ति प्रदान हुने भएकाले पनि सबैलाई दर्शनका लागि आग्रह गरिएको हो ।
नागार्जुन नगरपालिका प्राकृतिक तथा सास्कृतिक सम्पदाले भरिपूर्ण रहेकाले यसको प्रचार गर्दै पर्यटक आगमनमा विशेष अभियान संचालन गर्नुपने देखिएको छ ।
 

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केशव पोखरेल तथा प्रकाश श्रेष्ठले  पर्यटकिय गन्तव्यको प्रचार गर्दै सपर्यटकको आगमन बढाउन जोड दिनुभयो ।

कार्यक्रममा नगर उप प्रमुख शुशिला अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा लगायत अन्य शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

 

Give Us Feedback