img2
सफल बन्दै दोस्रो गलकोट घु्म्टे महोत्सव, २० हजारको उपस्थिती

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित संचालन गरिएको दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ को सातौ दिनसम्म करिब २० हजार मानिसले भाग लिएको सदस्य मिलन केंसीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा मानिसहरु उत्साहका साथ सहभागी भएका छन् । पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्दै विभिन्न कलाकारको प्रस्तुतीले माहोल फरक बनेको थियो । महोत्सवले सरकारको भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुगेको आयोजकले बताएका छन् । उक्त महोत्सव मंसिर ११ गते समाप्त हुनेछ ।

Give Us Feedback