img2
सफाइकर्मीसगँ क्षमता विकासका कुरा, गुठीद्वारा तालिम सम्पन्न

काठमाडौ र ललितपुरका सार्वजनिक शौचालयमा काम गर्ने सफाइकर्मीको क्षमता विकास, आत्मविश्वास सहित प्रभावकारी सेवा प्रवाहका विषयमा तालिम सम्पन्न भएको छ । नेपाली समाजले शौचालय सफा गर्ने पात्रलाई फरक ढंगले हेर्ने सोचमा परिवर्तन ल्याउन र हरेक पेशामा संलग्न पेशाकर्मीको आत्मसम्मान दिलाउन गुठीले सो कार्यक्रम संचालन गरेको हो । 

काठमाडौ महानगरपालिका अन्र्तगत रहेको शहरी योजना आयोगको समुदाय विकास विज्ञ गुजेश्वरी श्रेष्ठले करिब १५ जनालाई तालिम दिनुभएको हो ।
तालिममा व्यक्तित्व विकास, प्रभावकारी सेवा, स्रोत व्यवस्थापन, ग्राहकसँग गर्ने व्यवहार लगायतका सैद्धान्तिक र व्यवहारिक विषयको समावेश गरिएको  आयोजक प्रकाश अमात्ले बताउनुभयो ।  उहाँका अनुसार सफाइकर्मीलाई आफ्नो पेशाप्रति जिम्मेवार बनाउदै आत्मविश्वासका साथ काम गर्ने वातावरणका लागि तालिम सफल रहेको छ । 

शौचालय सफाइ गर्ने मानिसलाई आफ्नो जीवनकालमा तालिमको समावेश गराएको पहिलो पटक रहेको भन्दै सहभागीले सुनाईरहदा माहोल फरक बनेको थियो । तलिमको कक्ष समाप्त पश्चात आफुमा काम गर्ने आत्मबल बढेको पाईएको छ ।  सरसफाइकर्मीको मनोबल उच्च बनाउदै शौचालय संचालन गर्न सक्ने व्यस्थापनका लागि समेत गुठीले गृहकार्य गरिरहेको छ ।  श्रमिक सहकारी संचालन गरेर शौचालयलाई पनि अत्यावश्यक व्यवसायका रुपमा विकास गर्न, व्यवहार तथा सोच परिवर्तनकालागि आगामी दिनमा समेत तालिम संचालन गरिने बताईएको छ । 

शैचालयका विषयमा छलफल गोष्ठी, अध्ययन भईरहेको अवस्थामा शौचालय सफाइकर्मीमाझ प्रदान गरिएको तालिमले व्यवहारिक परिवर्तन हुनेमा विश्वास लिन सकिन्छ । 

Give Us Feedback