img2
ललितपुर महानगरमा बन्यो देशकै पहिलो साईकल लेन

ललितपुर महानगर र  नेपाल साईकल सोसाईटीसगँको सहकार्यमा नेपालमै पहिलो पटक साईकल लेन निर्माण गरि साईकल सिटीको अवधारणालाई सार्थकता दिएको छ । शनिवार एक औपचारिक कार्यक्रमकाविच महानगरका प्रमुख चिरीबाबु महर्जनले आफ्नो महानगर वातावरणमैत्री एवं सडकलाई साईकलमैत्री बनाउन अग्रसर रहेको बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा कुपण्डोलको वाग्मती पुलदेखि पूल्चोक जावलाखेल हुदै लगनखेलसम्म साईकल लेन निर्माण गरिने र छिमेकी महानगर तथा नगरपालिकासगँको सहकार्यमा बिस्तार गर्दै लैजाने योजना रहेको बताउनुभयो । उपत्यकाबा बढ्दै गएको सवारी साधनको चापले शहरी यातायात सेवामा समस्या रहेको र घण्टौ जाममा बस्नुपर्ने बाध्यता रहेको छ । साईकल लेनको निर्माणले साईकलयात्रीलाई आवत जावतमा सहज हुने र वातावरणमैत्री साधन र्भकाले प्रदुषण न्युनीकरणमा सहयोग पुग्ने नेपाल साईकल सोसाईटीका अध्यक्ष रत्न श्रेष्ठले बताउनुभयो । उहाँले ललितपुर महानगरको यो शुरुवातले सकारात्मक सन्देश प्रवाह गरेको र अन्य स्थानीय सरकारले पनि यसमा साथ दिन आग्रह गर्नुभयो ।

महानगरका प्रमुख महर्जनले साईकल लेन पश्चात साईकल ऐन निर्माणको थालनी भएको जानकारी गराउनुभयो । कार्यक्रममा नगर उप प्रमुख गीता सत्यालले महानगरावासीको सहयोग रहेमा आगामी वर्षमा पनि कार्यक्रमलाई बिस्तार गर्दै लैजाने बताउनुभयो । साईकल लेनको निर्मांणसँगै साईकल तथा साईकल यात्रीको सुरक्षा र नागरिकलाई साईकलको प्रयोगमा कसरी प्रेरित गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँको विचार ।

Give Us Feedback