img2
वन र वन्यजन्तु संरक्षणमा सबैको प्रतिवद्धता, विश्व रेञ्जर सम्मेलन सफल

चितवनमा जारी रहेको विश्व रेञ्जर सम्मेलनले वन, वन्यजन्तु जैविक विविधता तथा प्रकृति संरक्षणका मुद्दामा बहस गर्दै अनुभव साट्ने क्रम चलिरहेको छ । विश्वका ७० देशका करिब ५५० सहभागिले आ आफ्ना मुलुकमा भईरहेका अभ्यास, नीतिगत व्यवस्था, व्यवहारिक समस्या लगातका विषयमा छलफल गरिरहेको वन तथा वातावरण मन्त्रालयका सह सचिव डा. महेश्वर ढकालले जानकारी गराउनुभयो ।

सम्मेलनमा करिब ७ वटा विधामा विस्तृत छलफल गरिएको र शनिबार चितवन घोषणा पत्र जारी गर्ने कार्यक्रम तय भएको छ । वन तथा वन्य जन्तु संरक्षणमा बढ्दै भएको चोरी सिकारी तथा अवैध कारोबारलाई निरुत्साहन गर्ने विषयमा छलफल भएको छ ।

वन्य, वन्यजन्तु संरक्षणमा संलग्न रेञ्जरहरुको विश्वव्यापी साझा मुद्दाहरुमा छलफल गन नेपालका करिब ५० भन्दा बढी रेञ्जरहरुले नयाँ सोच, अवधारणा र प्रविधिका विषयमा जान्ने अवसर रहेको र नेपाल सरकारको क्षमता अनुरुप नयाँ प्रविधि प्रयोगमा ल्याउन सहयोग पुग्ने ढकालले बताउनुभयो । सम्मेलनको उपलब्धीका सम्बन्धमा उहाँको विचार यस्तो रहेको छ ।

नेपाल सरकार र अन्तर्राष्ट्रिय रेन्जर फेडेरेसनको आयोजनामा मंगलबारदेखि चितवनका सौराहामा जारी नवौं विश्व रेञ्जर सम्मेलन शनिबार समापन हुने कार्यक्रम रहेको छ ।

सन् १९९५ बाट शुरु गरिएको सम्मेलन एशियामा पहिलो पटक आयोजना भएको हो । समापन कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले गर्ने तय भएसगैँ एकै पटक ७० देशका नागरिकले सन् २०२० मा मनाउन गईरहेको नेपाल भ्रमण वर्षको प्रचारको माहोल बन्ने विश्वास लिईएको छ ।

तस्बिर सौजन्य : घनश्याम गुरुङ

Give Us Feedback