img2
स्रोत, सिप र प्रविधिनै नभएका नगरपालिकाले कसरी गर्छन फोहोर व्यवस्थापन ??

नेपालका धेरै नगरपालिकाको अवस्थित,पूर्वाधार निर्माणको, भौगोलिक अवस्था लगायतका कारणले ग्रामिण परिवेशको झल्को दिने गरेका छन् । नगरमा अन्य समस्यासगैँ स्थानीय सरकारको भूमिका फोहोरमैला व्यवस्थापनमा खासै रहेको पहल भएको पाईदैन ।

लमजुगंमा रहेको बेसीशहर नगरपालिकाले नगरको फोहर संकलन तालिका बनाएर गरेतापनि उचित व्यवस्थापन गर्न सकेको छैन । फोहोरमैला व्यवस्थापनको प्राविधिक ज्ञान भएका जनशक्ति, प्रविधि तथा स्रोतको अभाव रहेको नगर प्रमुख गुमान सिंह अर्यालले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक नागरिकले आफ्नो घर तथा व्यवसाय वरपर सफा गर्ने, पानी राख्ने तथा सरसफाइमा सहयोग गर्ने गरेको बताउनुभयो । नगरको फोहोर संकलन गरेर व्यवस्थापन कसरी गर्नुभएको छ ? स्थानीय सरकारको भावी रणनीति के छ भन्ने हाम्रो प्रश्नमा नगर प्रमुख गुमान सिंह अर्याल ।

Give Us Feedback