img2
जडिबुटी खेतीबाट आर्थिक संमृद्धि सम्भव:महानिर्देशक

किसानलाई खेतीमा आकर्षित गर्ने कार्यक्रम तय नागरिकको आर्थिकस्तर बढाउन परम्परागत खेती भन्दा मौसम तथा भू बनोटलाई ध्यान दिएर जडिबुटी खेती गर्न आग्रह गरेको छ । सरकारले जडिबुटी उत्पादन, प्रशोधन तथा बजारीकरणमा आवश्यक आर्थिक तथा प्राविधिक हयोग गर्ने कार्यक्रम रहेको वनस्पती विभागका महानिर्देशक धनञ्जय पौडेलले बताउनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेशका नागरिकको जीवनस्तर विकास गर्न जडिबुटीको प्राविधिक रुपमा अध्ययन गरि पकेट, ब्लक, जोन तथा सुपर जोन क्षेत्र घोषणा गर्दै विभिन्न जिल्लामा फरक फरक प्रकृतिका जडिबुटी उत्पादनमा सहयोग गर्ने कार्यक्रम रहेको छ । जडिबुटीलाई नगदे वालीका रुपमा विकास गर्न कर्णालीमा ४० वटा पकेट क्षेत्र तय गरि विभागले काम थालनी गरेको छ ।

नेपालमा प्रविधि तथा आर्थिक अभावले जडिबुटीका कच्चा पदार्थ छिमेकी मुलुकमा निर्यात गर्दै महंगोमा औषधी वा प्रशोधित पर्दाथ भित्र्याउने परिस्थितीको अन्त्य गर्न गृहकार्य भईरहेको समेत उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा वनस्पती विभागका प्राथमिकताका सम्बन्धमा उहाँको विचार ।

 

Give Us Feedback