img2
जलवायु परिवर्तन महासन्धिको २५औ सम्मेलनमा के के हुदैछ ??

स्पेनमा जारी जलवायु परिवर्तन महासन्धिको २५ औँ सम्मेलन संचालन भईरहेको छ । सो सम्मेलनमा हाल सम्म भएका गतिविधिलाई वन तथा वातावरण मन्त्रालयका सह सचिव डा महेश्वर ढकालले आफ्नो फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।
सो सम्बन्धी जानकारी हामीले साभार गरि पाठक माझ प्रस्तुत गरेका छौँ ।

१. हिजो अर्थात डिसेम्बर २ मा २५ औं सम्मेलन विधिबाट सुरुभएको छ, २४ औं सम्मेलन को अध्यक्ष पोल्यान्डले चिलीलाई हस्तान्तरण गरेको छ,


२. हिजोको उदघाटन शत्रमा IPCC का अध्क्षय Hoesung Lee हरितगृह ग्यास उत्सर्जन बढने क्रम जारी रहेको सन्दर्भमा IPCC तीनवटा विशेष प्रतिवेदनलाई आधार मानेर काम गर्नु कुरामा जोड दिनु भएको,


३. त्यस्तै गरी चिलीका राष्ट्रपति Sebastián Piñera ले भिडियो संदेश दिदै पेरिस सम्झौतालाई आधार मान्दै छिटो जलवायु परिवर्तनका कार्यक्रम कार्यान्वयन गर्न जोड दिनु भएको,


४. संयुक्त राष्ट्रसंघका महासचिव संयुक्त राष्ट्र संघका महासचिव António Guterres ले छिटो र गम्भिर तरिकाले सोचेर जलवायु परिवर्तनको क्षेत्रमा आमुल परिवर्तन हुने गरी काम गर्नु पर्नु कुरामा जोड दिनु भएको, त्यसरी कारम गर्दा विकाशील देशका अनुकूलन क्षमता अभिवृद्धि हुने गरी आर्थिक वित्तको जोहो गर्नु पर्ने, र कार्वनको व्यपार सम्वन्धि दफा ६ (Article 6) को बारेमा छलफल गर्दा निजि क्षेत्रले पनि लाभ पाउने र सबैले संयुक्त रुपमा काम गर्न सक्ने गरी छलफल गर्न आग्रह गर्नुभएको,

५. उद्घाटन सत्रको अन्त्यमा चिलीमा भएको राजनीतिक अस्थिरताका बाबझुद २५ औं सम्मेलनको आयोजना र आथित्यता दिएर सबैतिरबाट प्रसंशा बटुल्न सफल स्पेनका प्रधानमन्त्री Pedro Sánchez ले हिजो औद्योगिकीकरणमा जसरी युरोपले नेतृत्त्वदायी भूमिका खेलेको थियो, त्यसै गरी आज Decarbonization गर्नमा पनि नेतृत्त्वदायी भूमिका खेल्नु पर्ने कुरामा जोड दिनी भएको,

६. हिजोको plenary मा विभिन्न समुहले आफ्ना आफ्ना धारणा राखेका छन्, त्यसरी धाराणा राख्नेमा G77 and China, EU, Environmental integrity Group, UMBRELLA Group, African group, Arab Group, LDC Group, Coalition for Rainforests Nations, AOSIS, ABU, LMDC Group, ALBA, BASIC, AILAC, Youth NGO, BUSINESS AND INDUSTRY NGOs, TRADE UNION NGOs र WOMEN AND GENDER आदि समुहले आ-आफ्नो धारणा राखेका छन् ।

७. नेपाल सँग सम्वन्धित समूह भनेका G77 and China र LDC समूह हुन | G77 and China ले दफा ६ को छलफल गर्दा दोहोरो कार्वन क्रेडिटको दोहोरो गणना नहुने गरी तर अनुकुलंका लागि बढी स्रोत जुट्न सक्ने गरी जान सुझाव दिएको, त्यस्तै गरी Warsaw International Mechanism on Loss and Damage associated with Climate Change Impacts (WIM) को पुनरावोलकन गर्दा प्रभाकारी संयन्त्र निर्माणमा जोद्दिएको अवस्था छ, त्यसरी प्रभावकारी संयन्त्रको विकास गर्दा प्रविधि हस्तान्तरणमा विशेष जोड दिन समेत आग्रह गरेको छ | त्यस्तै गरी LDC समूले सन् २०२० भित्र संशोधित NDC सबै राष्ट्रले बुझाउनु पर्ने र विकसित राष्ट्रले NDC बुझाउदा महत्त्वकांक्षी (Ambition NDC) हुनु पर्नेमा जोड दिएको छ ।

८. विभिन्न राष्ट्रले जलवायु परिवर्तनका क्षेत्रमा आफ्ना देशले गरेका राम्रा कामको प्रचार प्रसार Pavilion र Side Event आयोजना गरेका छन्, जुन Net Working विकास, क्षमता अभिवृद्धि र अन्तराष्ट्रिय सम्वन्ध राख्नका लागि अति महत्त्वपूर्ण मानिन्छन, नेपालले एउटा side event डिसेम्बर ७ र अर्को डिसेम्बर ११ मा राखेको छ भने अरु विभिन्न देश र संघ संस्थाहले आयोजना गरेको Event पनि भाग लिने छ 


९. • नेपालले हिमालको मुद्धामा भुटान र अरु हिमाली देशहरु सँग मिलेर जाने रणनीति लिएको छ भने छिमेकि राष्ट्रसंग पनि सर-सल्याहा गरेर जाने रणनिती लिएको छ ।

१०. सम्मेलन सम्वन्धि दैनिक हुने कार्यक्रमको विस्तृत जानकारी UNFCCC सचिवालयको Website: unfccc.int पाउन सकिन्छ ।

तस्बिर सौजनय :ABC News

 

Give Us Feedback