img2
संस्थागत शौचालयको आवश्यकता किन ? 

काठमाडौ उपत्यका लगायत देशका विभिन्न शहरमा जनसंख्याको चाप अनुरुपको सार्वजनिक शौचालय उपलब्ध हुन सकेका छैनन् । शौच प्राकृतिक आवश्यकता बन्दा पनि सफा र न्युनतम आधारभुत सुविधासहितको शौचालयको अभाव रहेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आगामी आर्थिक वर्षबाट ७७ जिल्लाका ७५३ स्थानीय निकायसगँ समन्वय गरि सार्वजनिक शौचालयको आवश्यकता, ढाचाँ छनौट तथा न्युनतम मापदण्ड तय गर्न गृहकार्य भईरहेको उप सचिव ईन्जिनियर महेश्वर घिमिरेले जानकारी गराउनुभयो । सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनका सम्बन्धमा संघीय सरकारले साझा कार्यविधि निर्माण गर्नुपर्ने देखिएको छ ।

निजी सार्वजनिक साझेदारीको अवधारणा वा स्थानीय सरकारको क्षमता अनुरुपको व्यवस्थामा अघि बढ्न सकिन्छ । उहाँका अनुसार सरकारी कार्यलय, होटल, क्याफे, सपिंग मल, बजार क्षेत्रमा सबै महिलामैत्री तथा फरक क्षमता भएका नागरिकका लागि शौचालयको व्यवस्था गर्नुपर्ने हुन्छ । शौचालयलाई स्थानीय सरकारले आधारभुत आवश्यकताको रुपमा परिभाषित गरि निर्माण एर्व संचालन गर्न आवश्यक रहेको छ । पानीको पर्याप्त उपलब्धता र सर सफाइमा ध्यान दिनुपर्ने देखिन्छ ।

विकसित मुलुकमा सार्वजनिक शौचालयको व्यवस्थापनमा दिईएको महत्व र सफाइबाट नेपालका स्थानीय सरकारले पनि नयाँ अभ्यास थालनी गर्नुपर्ने हुन्छ । नेपालमा संस्थागत शौचालयको सम्भाव्यता, स्थानीय सरकारको प्राथमिकता र सार्वजनिक शौचालय निर्माणमा कस्तो आवश्यक पर्दछ भन्ने हाम्रो प्रश्नमा ईन्जिनियर महेश्वर घिमिरे यसो भन्नुहुन्छ ।

Give Us Feedback