img2
तरुलको फाइदा

शरीरको चिसो फालेर उर्जा दिनका लागि खाने तरुलको धेरै फाइदाहरु छन् । जाडोमा रोग प्रतिरक्षात्मक क्षमता कम हुने भएकोले रोगसँग लड्ने तत्व तरुलमा पाइने हुनाले जाडो मौसममा तरुल खानु आवश्यक रहेको छ । 

तरुलमा फाइबर, भिटामिन, पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइन्छ ।

तरुलको नियमित सेवनले बाथ रोग, कब्जियत तथा कोलेस्ट्रोलबाट मुक्ति दिलाउन मद्दत गर्छ । तरुलले क्यान्सर प्रतिरोधी तत्वको रुपमा पनि काम गर्छ । 

त्यसैले स्वस्थ रहन तरुल खाने गरौं । 
 

Give Us Feedback