img2
आगलागीका कारण १८ नागरिक र ४८ करोड जनावरको मृत्युु

अस्ट्रेलिया विशाल बुश फाइरको चपेटामा परिरहेको छ । रेकर्ड ब्रेकिंग तापमान र महिनौ देखिको खडेरीले गर्दा सो जंगल आगो अझै नि रोकिएको छैन । 

न्यु साउथ वेल्समा आगोले ४० लाख हेक्टेयर जमिन जलेको छ र १,२०० भन्दा बढी घरहरू नष्ट भएका छन् ।  हजारौं नागरिक अन्यत्र शरण लिन बाध्य भएका छन् । 

देशभरिमा अहिले सम्म १८ व्यक्तिको मृत्यु भई सकेको छ जसमा ३ जना अग्निनियन्त्रक बनेका स्वयंसेवकहरु नै थिए । लगभक ४,८०० लाख प्राणीको मृत्यु भई सकेको छ र अझै संख्या बढ्ने देखिएको छ । 

आगो शहरमा पुगेर घरहरु नष्ट गर्न थालेपछि आश्रय लिनको लागि बेटमैन्स बेमा हजारौं मानिसहरू समुन्द्री किनारमा फसेका बीबीसीले जनाएको छ ।  

तस्बिर सौजन्य: REUTERS

Give Us Feedback