img2
वाग्मती नदी सफाइमा आव्हान्

वाग्मती सफाइ अभियान ३५० औं हप्ता माघ ११ गते पुग्न लागेको छ ।

सो अवसरमा काठमाडौ महानगरपालिकाको वडा नं ११ मा सम्पन्न हुन लागेको वाग्मती सफाइ तथा स्थानीय सरकारको सक्रियतामा हुने फोहोरको स्रोतमै वर्गिकरण तथा व्यवस्थापनका लागि विशेष अभियानको थालनीमा सहभागी हुन सबैमा अभियन्ताले आव्हान गरेका छन् ।

वाग्मती नदी सफाइको ३५० औँ हप्तालाई उत्सवका रुपमा लिएर नदी सफाइ तथा फोहोर व्यवस्थापनमा स्थानीय नागरिकको सक्रियता लागि अपिल गरिएको छ ।

तस्बिर सौजन्य: कञ्चन रावत

Give Us Feedback