img2
अस्ट्रेलियामा वर्षा: बुश फाइरबाट राहत

विशाल बुश फाइरको चपेटामा परिरहेको अस्ट्रेलियामा हालै पानी पर्न सुरु गरेको छ । न्यु साउथ वेल्समा वर्षाको कारणले बुश फाइर कम गर्न मद्दत गरेको छ । 

पूर्वी राज्यको तटीय क्षेत्रमा वर्षा र बाढीको लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ । सिडनी र तटको अन्य भागमा  बाढी आउन सुरु भईसकेको छ । 

आगलागीका कारण ३३ जनाको मृत्यु भई सकेको छ । करोडौं जनावरको मृत्यु , हजारौं घरहरू नष्ट भइसकेको छ र लाखौं हेक्टर जमिन जुन इङ्गल्याण्ड देशको आकारसँग दाँज्न सक्ने जमिन जलेको छ ।

वर्षा अझौ जारी रहने आशा गरिएको छ । जसले केही खडेरी र आगो प्रभावित क्षेत्रहरूमा राहत प्रदान गर्ने देखिएको छ । 

राज्यको अन्तर्देशीय दक्षिण र राजधानी क्यानबेरा नजिकै सबैभन्दा ठूला आगो बलिरहेका छन् र हालसम्म त्यस क्षेत्रमा सीमित वर्षा मात्र भएको हुनाले अझै चिन्तित अवस्था रहेको छ । 

तस्बिर सौजन्य: बीबीसी


 

Give Us Feedback