img2
धार्मिक पर्यटनका लागि: सिजी मन्दिर

नवलपरासी जिल्लाको देवचुली नगरपालिकामा सिजी मन्दिर अवस्थित छ । नवलपरासी जिल्लाकै एक प्रमुख मन्दिरको रुपमा स्थापित भएको सिजी मन्दिर पछिल्लो समयमा धेरै पर्यटकको गन्तव्य स्थल बन्ने गरेको छ ।

विभिन्न रङ्गका बत्तिले मन्दिरलाई थप आकर्षक बनाउने भएकोले यस मन्दिरलाई बेलुकाको समयमा हेर्दा आनन्द र मन्दिरको सुन्दरता अझै देख्न सकिन्छ । 

पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण दर्शनार्थीहरूका लागि आकर्षणको केन्द्रका रूपमा स्थापित भएको सो मन्दिर परिसरमा डिजिटल धार्मिक पुस्तकालय र धार्मिक सूचना केन्द्रको व्यवस्था रहेको छ । 

नेपाल भ्रमण वर्ष २०२० मा सिजी मन्दिरको दर्शन गर्न सबै पर्यटकमा आग्रह गर्दछौ ।

तस्बिर सौजन्य: हिमाल सुबेदी

Give Us Feedback