img2
बाग्मती नदी सफाइमा समृद्धि स्कूलको सहभागिता

बाग्मती नदी सफाइको ३५२ औँ हप्ता पूरा भएको छ । बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइ गर्दै नदी भित्र र किनाराको फोहोर संकलन गरिएको हो । वाग्मती नदीको सफाइमा बनस्थलीमा रहेको संमृद्धि स्कूलको रेस्पोन्सिबल ईको क्लबका बिद्यार्थी सहभागी भएका थिए ।

नदी किनारामा रहेको सडक छेउमा फालिएका कागज, प्लास्टिक तथा अन्य फोहोर संकलन गर्दै बिद्यार्थीले बोरामा राखेका थिए । सरसफाइ अभियन्ता तथा सुरक्षा निकायका  प्रतिनिधिसगँ सहकार्य गर्दै उनीहरुले फोहोर संकलन गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरुलाई वाग्मती अभियन्ताद्धय किशोर सिंह शाही तथा प्रिया लामिछानेले अभियानको उद्देश्य, प्राप्त गरेको सफलता, चुनौती र अभियानको सपनाका बारेमा जानकारी गराउनुभएको थियो ।

बाग्मती नदी सफाइ अभियानमा सहभागी भएर फोहोरको व्यवस्थापन गर्ने तरिका र नागरिकको सामाजिक जीम्मेवारीका विषयमा जानकारी प्राप्त भएको समृद्धि स्कूलका बिद्यार्थी अथर्व पौडेलले बताउनुभयो ।

वातावरण सफा गर्ने दायित्व सरकारको मात्र नभएर सामाजिक चेतना  र नागरिकको कर्तव्य भएकोले यसमा सबैको सहभागिताले सकारात्मक परिणाम ल्याएको शिक्षिका उर्वशी खड्काले बताउनुभयो । उहाँका अनुसार यस्ता सामाजिक कार्यक्रमले बिद्यार्थीलाई व्यवहारिक ज्ञान दिनुका साथै सफाइको महत्वबारे ज्ञान भएको बताउनुभयो ।

बाग्मती अभियानले नागरिकको सकारात्मक सोच विकास गर्दै नदी सफाइमा परिवर्तन ल्याएको छ ।

 

Give Us Feedback