img2
ठूला नदी प्रणालीमा आधारित जलाधार व्यवस्थापनका लागि रणनीति बनाईदै

जलाधार संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक रणनीति तयार पार्न बाग्मती प्रदेशको मकवानपुरमा कार्यशाला गोष्ठी संचालन भईरहेको छ ।
राष्ट्रिय  योजना आयोग तथा वन तथा वातावरण मन्त्रालयकोे संयुक्त आयोजनामा कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न् भइरहेको भू तथा जलाधार व्यवस्थापन कार्यलयका ललितपुरका प्रमुख विष्णु भण्डारीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार जलाधारको उचित व्यवस्थापनका लागि तीनै तहका सरकारको समन्वयमा रणनीति निर्माण तथा सोहि अनुरुप कार्य गर्न आवश्यक रहेको छ ।
कार्यक्रममा विभिन्न जलाधार व्यवस्थापन कार्यलयका प्रमुख, प्रतिनिधि तथा विषय विज्ञले कार्यपत्र प्रस्त्त गर्दै छलफल गर्ने बताईएको छ ।एकीकृत जलाधार व्यवस्थापन गर्न नागरिकलाई नदी नाला तथा जलाधारको सम्बन्धमा समेत जानकारी गराउन आवश्यक रहेको छ ।
 

Give Us Feedback