img2
नदी सफाइले सामाजिक चेतनाको विकास गर्न सफल

 

बाग्मती नदी सफाइ अभियानको ३५२ श्रृखंला सम्पन्न भएको छ । बाग्मती नदीको सफाइ अभियानमा समृद्धि स्कूलका विद्यार्थीले सहभागिता जनाएसगैँ फरक चेतनाको विकास भएको अनुभव गरेका छन् ।

विद्यार्थीहरुलाई समाजको वास्तविक यथार्थ चित्रण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने र वास्तवमै सात वर्षको अन्तरालमा नदीको स्वरुपमा आएको परिवर्तनबारे जानकारी गराउन सफल भएको शिक्षिका उवर्शी खड्काले बताउनुभयो । उहाँका अनुसार सामाजिक अभियन्तासगँको साक्षत्कारले उनीहरुमा नागरिकको चेतना तथा कर्तव्यको बारे एवं देशैभर संचालनमा रहेको सफाइ अभियानबारे जानकारी रहन बताउनुभयो ।

नदी सफाइमा विद्यार्थीको संलग्नताले कस्तो सन्देश प्रवाह गनए सक्ला भन्ने सन्दर्भमा उहाँको विचार ।

यति धेरै मानिसको सक्रिय सहभागितामा जीवनमै पहिलो पटक सफाइमा सामेल भएको छात्रा सेलिन महर्जनले बताउनुभयो ।

नदी किनारामा रहेको सडक छेउमा फालिएका कागज, प्लास्टिक तथा अन्य फोहोर संकलन गर्दै विद्यार्थीले बोरामा राखेका थिए । सरसफाइ अभियन्ता तथा सुरक्षा निकायका प्रतिनिधिसगँ सहकार्य गर्दै उनीहरुले फोहोर संकलन गर्दा निकै रमाईलो भएको छात्र अथर्व पौडेलले बताउनुभयो ।

 

सरसफाइमा सहभागी भएर वातावरणप्रति दायित्व र जीम्मेवारी बोध भएको जानकारी गराउदै आफ्नो घर तथा अन्य स्थानमा जथाभावी फोहोर नफाल्न आग्रह गर्ने समेत उहाँले बताउनुभयो ।

सामाजिक अभियानमा नयाँ पूस्तालाई जानकारी गराउने अभियान आफैमा सकारात्मक रहेकोले धेरैले प्रशंसा गरेका छन् ।

Give Us Feedback