img2
स्वच्छ उर्जामा नेपाली जनताको पहुँच बढाईने

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा नयाँ आयाम थप्दै सबै नागरिकमा उर्जाको पहुँच बिस्तार गर्ने भएको छ । केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले आफ्नो उक वर्षे कार्यकालको समिक्षा गर्दै संचालित योजना तथा सम्पन्न भएका कामको संचारकर्मी माझ समिक्षा गर्नुभएको थियो । उहाँका अनुसार  केन्द्रले विगत २३ वर्षदेखि दुर्गम तथा ग्रामीण भेगमा नवीकरणीय ऊर्जा प्रविधिहरु प्रवद्र्धन गर्दै वातावरण विनाश, वनजंगल फडानी, आगलागी जस्ता वातावरणीय जोखिम न्युनीकरण गर्दै देशको दुरदराजमा उज्यालोको पहुँच पु¥याएने काम भएको बताउनुभयो । 

केन्द्रले ऐन निर्माणको प्रक्रियालाई अघि सार्दै दुर्गम तथा पिछडिएको वर्गमा उर्जाको पहुँच बनाएको छ । नवीनतम ऊर्जा, विद्युतको पहुँच र स्वच्छ खाना पकाउने ऊर्जा (क्लिन कुकिङ्ग) मा विशेष प्राथमिकता दिईएको छ ।  नवीकरणीय ऊर्जा सम्बन्धी रचनात्मक भूमिका संचार माध्यमको रहने कुरा स्मरण गर्दै नागरिकले उर्जाको पहुँच र प्रयोगका क्रममा भोगेका समस्या उजागर गर्न सहयोग पुर्याएको कार्यकारी निर्देशक अधिकारीले जानकारी गराउनुभयो । 

केन्द्रले पछिल्लो एक वर्षभर गरेका निम्नानुसार कार्यलाई उपलब्धीको रुपमा प्रस्तुत गरेको छ । 

  • > ऊर्जा दक्षता सम्बन्धी कार्यलाई  संस्थागत गर्न  आवश्यक पहल ।
  • > केन्द्रको ऐन निर्माणको लागि ऐनको मस्यौदा भइ स्वीकृतिका लागि पहल भइरहेको ।
  • > दातृ निकायहरुसँगको प्रभावकारी समन्वयको माध्यमबाट विगतमा सञ्चालित कार्यक्रमहरुको बाँकी रकम फिर्ता पठाउने कार्य सम्पन्न ।
  • > नेपाल मिनीग्रिड कार्यक्रम कार्यान्वयन गर्नको लागि नेपाल सरकार र विश्व वैंकबीच ५.६१ मिलियन अमेरिकी डलर बराबरको अनुदान सम्झौता र २ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयन भइरहेको ।  
  • > जर्मन सहयोग बैंक (के.एफ.डब्ल्यू) सँग फोटोभोल्टेक पम्पिङ्ग प्रणाली (सौर्य खानेपानी तथा सौर्य सिंचाइ), ग्रिड कनेक्टेड सौर्य प्रणाली तथा सौर्य मिनीग्रिड आयोजना कार्यान्वनको लागि ९ मिलियन युरो बराबरको सम्झौता ।
     
  • > ग्रामीण क्षेत्रको लागि नवीकरणीय ऊजा कार्यक्रमको  दोस्रो चरणको कार्यक्रम ९च्भ्च्ब्(क्ष्क्ष्०े को लागि न्क्ष्श् सँग सहमति (४ मिलियन युरो) । कार्यक्रम हाल प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा कार्यान्वयन भइरहेको ।
  • > नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम ९क्च्भ्ए० को समयावधी २० महिना थप गरिएको ।
  • > हरित जलवायु कोषमा केन्द्र सूचीकृत भएको । केन्द्र र हरित जलवायु कोष बीच सम्झौता  सम्पन्न ।  ५० मिलियन डलर सम्मका कार्यक्रम केन्द्रले हरित जलवायु कोषसँग सिधै सम्पर्क स्थापित गरेर गर्न सक्ने । नवीकरणीय ऊर्जा सम्बन्धी २ वटा प्रस्ताव हरित जलवायु कोषमा पेश भएको ।
     
  • > नेपाल र बेलायत सरकारको संयुक्त सहयोगमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम  कार्यान्वयनमा रहेको । ४.५ वर्ष अवधि रहेको सो कार्यक्रममा बेलायत सरकारले १८ मिलियन पाउण्ड सहयोग गरेको छ । यो कार्यक्रम प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा लागू भएको छ ।
  • > फोहरबाट ऊर्जा उत्पादनको लागि अबुधावी फण्ड फर डेभलप्मेन्ट ९ब्म्ँम्० बाट  १० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्राप्त ।
  • > ग्रामीण जिविकोपार्जनको लागि नवीकरणीय ऊर्जा ९च्भ्च्ी० कार्यक्रमलाई निरन्तरता दिनको लागि नयाँ कार्यक्रमको सम्झौता गर्न पहल भइरहेको । 
  • > Nepal  Biogas Support Programme - Programme of Activity (PoA) Nepal  Biogas Support Programme - Programme of Activity (PoA) बाट उत्पादित ४ लाख ६० हजार युनिट  Certified Emission Reduction (CER) करिब २.२०८ मिलियन यूरो प्राप्त हुनेगरी बिक्री गरिएकोे ।

नयाँ विशेष कार्यक्रम तर्फ

  • > सौर्य मिनीग्रिड विशेष कार्यक्रम कार्यान्वयनको लागि आवश्यक नियमावली स्वीकृत भइ कार्यान्वयन भइरहेको । सौर्य मिनीग्रिडका ३९ वटा आयोजनाहरु कार्यान्वयन चरणमा । सुस्तामा १०० किलोवाट पिक क्षमताको र थवाङ्गमा १५० किलोवाट पिक क्षमताको सौर्य मिनीग्रिड आयोजना निर्माणाधीन ।
  • > तराइ स्वच्छ ऊर्जा कार्यक्रम कार्यान्वयनको लागि कार्यक्रम कार्यान्वयन प्रक्रिया बोर्डबाट स्वीकृत भएको । तराइका २२ जिल्लाका ५०,००० घरधुरीमा स्वच्छ ऊर्जा (सुधारिएको चुलो, विद्युतीय चुलो, बायोग्यास आदि) को पहुँच विस्तार गर्ने । विद्युतीय चुलोको प्रवद्र्धनको लागि केन्द्रको अगुवाइमा विशेष पहल भइरहेको । यसै वर्षमात्र १०,००० विद्युतीय चुलो प्रवद्र्धन गर्ने लक्ष्य रहेको ।
  • > दीगो ऊर्जा च्यालेञ्ज फण्डको माध्यमबाट नवीकरणीय ऊर्जामा सहयोगको लागि यस सम्बन्धी नियमावली स्वीकृत चरणमा रहेको ।
  • > कर्णाली प्रदेश र केन्द्रको सहकार्यमा सम्पन्न हुन नसकेका आयोजनाहरु सम्पन्न गर्न तथा कर्णाली प्रदेशका सबै जनतामा विद्युतको पहुँच पु¥याउन कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनमा आएको ।

 संघीय संरचना बमोजिम नवीकरणीय ऊर्जाको सेवा प्रवाह विस्तार तर्फ

  • > प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन
  • > प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा ग्रामीण क्षेत्रको लागि नवीकरणीय ऊर्जा  ९च्भ्च्ब्० कार्यक्रम कार्यान्वयन
  • > सबै प्रदेशमा केन्द्रको कार्यक्रम कार्यान्वयन इकाइ स्थापना 
  • > ७ वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर
  • > प्रदेश तथा स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग 
  • > नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम ९क्च्भ्ए० अन्तर्गत ७ वटै प्रदेशमा प्राविधिक कर्मचारी कार्यरत 

केन्द्रले संचालन भएको कार्यको प्रगति विवरण, प्राथमिकता र उपलब्धीका आधारमा सार्वजनिक गर्दै जाने बताईएको छ । 
 

Give Us Feedback