img2
विद्यार्थीको सचेतना बढ्दै 

काठमाडौंमा रहेको समृद्धि स्कूलको रेस्पोन्सिबल ईको क्लबका विद्यार्थीले गमलामा फूल रोपी स्कूलमै बगैँचा बनाएका छन् । 

विद्यालयबाट उत्पादन भएका कुहिने फोहोरलाई प्रयोग गर्दै मल उत्पादन शुरु गरेको केहि महिनापछि क्लबले त्यहि मललाई प्रयोग गरेर गमलामा फूल रोपेका छन् । आफै उत्पादन गरेको मललाई प्रयोग गरेर फूल रोपेको हुनाले विद्यार्थीलाई वातावरणको महत्व बुझन सहयोग पुगेको छ । 

वातावरणीय समस्यहरुको समाधान गर्न बोटविरुवा रोपण गरेर विद्यार्थीलाई शिक्षा प्रदान गर्दै विद्यालयलाई नि सौन्दर्यीकरण गरिएको छ । 

Give Us Feedback