img2
पर्यटकको पहिलो रोजाई: तिलिचो ताल

प्राकृतिक सुन्दरतले भरिपूर्ण भएको तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेको तालहरु मध्यमा एक हो । नेपालको मनाङ जिल्लामा अवस्थित यस ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा रहेको छ । 

तिलिचो ताल अन्नपूर्ण पदमार्ग ट्रेकको एक सबैभन्दा लोकप्रिय पदयात्राको गन्तव्य हो । स्वर्गसगँ तुलना गर्न सकिने तिलिचो ताल पर्यटकमाझ लोकप्रिय रहेको छ। यो तालमा दुबै आन्तरिक र विदेशी पर्यटकले भ्रमण गर्ने गर्छन् । 

यस तालको लोकप्रियता र सुन्दरताले गर्दा एक दिनमा लगभग २०० देखि ४०० सम्म पर्यटक भ्रमणका लागि आउछन् । 

नेपाल भ्रमण वर्ष २०२० मा तिलिचो ताल घुम्न सबै पर्यटकमा आग्रह गर्दछौ ।

तस्बिर सौजन्य: नविन जोशी

Give Us Feedback