img2
क्लिन अप नेपालद्वारा देशव्यापी अभियान संचालन

क्लिन अप नेपालद्वारा प्रत्येक वर्ष गर्ने देशव्यापी अभियानको पुरस्कार वितरण समारोह आयोजना गरिएको छ । नेपालले संचालन गरिरहेको परियोजना अन्तर्गतनेपाल वेस्ट म्याप जेरो वेस्ट इन स्कूल र प्रेसिअस प्लास्टिकको को बारेमा जानकारी गराईएको थियो ।

सो कार्यक्रममा नाटक प्रतियोगिता अन्तर्गत भिडियो निर्माण गरिएको बिजेता विद्यालयको नाटकलाई सार्वजनिक गरिएको थियो । समारोहका प्रमुख अतिथि पूर्व मन्त्री गणेश शाहले जेरो वेस्ट परियोजना अन्तर्गत आयोजना गरिएको वक्तृत्वकला र निबन्ध प्रतियोगिताका बिजेतालाई पूरस्कार प्रदान गर्दै नेपाली बिद्यार्थीहरुमा भएको वातावरणीय चेतको खुलेर प्रशंसा गर्नुभयो ।

वर्ष २०७६ अन्तर विद्यालय पटकथा (नाटकलेखन प्रतियोगिता) का विजेताहरुलाई पुरस्कृत गर्न गरिएको हो ।

सो प्रतियोगिताको निम्ति नेपालका ९ वटा विद्यालयले १७ वटा नाटक उपलब्ध गराएको कार्यक्रम सयोजक कोशिस कुमार आर्जलले बताउनुभयो । उहाँका अनुसार बिद्यार्थी वर्गमा वातावरणका विभिन्न विषयमा प्रशिक्षण दिदै रचनात्मक कार्यमा प्रेरित गरिएको हो ।

अभियान अन्तर्गत उपलब्ध गराईएका १७ नाटक मध्य विजयी २ वटा नाटकको भिडियो निर्माण गरिएको थियो ।

अन्य १४ वटा नाटकमार्फत नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले महानगरिय ट्राफिक प्रहरी महाशाखामा रहेको मेट्रो एफएम मार्फत सार्वजनिक गरिने बताईएको छ । बिद्यार्थीको नविनतम क्षमताको दर्शकले खुलेर प्रशंसा गरेका थिए ।

Give Us Feedback