img2
प्रधानमन्त्रीको सम्बोधनका कारण कार्यक्रम जलस्रोत र जीविकापार्जन सरोकारको प्रशारण समय फेरियो

विश्वमा वढ्दै गएको कोरोनाको त्रासका कारण दैनिकी परिवर्तन भएको छ । नेपालमा प्रधानमन्त्री के .पी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन  गर्ने कार्यक्रम शुक्रबार ६ बजेलाई तय भएसगैँ कार्यक्रम जलस्रोत र जीविकापार्जन सरोकारको प्रशारण समय फेरिएर आईतबारलाई सरेको छ । चैत ९ गते आईतबार साझँ ६ः२५ मा कार्यक्रम प्रशारण हुने जानकारी सबैमा गराइएको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना संचालनपश्चात जीवनस्तरमा आएको परिवर्तनका विषयमा गरिएको टेलिभिजन बहस कार्यक्रम जलस्रोत तथा जीविकोपार्जन सरोकार शुक्रबार साझँ ६ः२५ मा सगरमाथा टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

चैत ९ गते आईतबार साझँ ६ः२५ मा कार्यक्रम प्रशारण हुने

परियोजना संचालनपश्चात समुदायमा उपलब्ध खानेपानीको व्यवस्था, नागरिकको स्वास्थ्य शिक्षा, कृषि तथा स्वरोजगारमा आएको सुधारका विषयमा स्थानीय सरकारका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, परियोजनाका प्रतिनिधि तथा संघीय सरकारका प्रतिनिधिविच छलफल गरिएको हो ।

परियोजन संचालन र उद्देश्यप्राप्तीका लागि स्थानीय सरकारको सहयोग, सक्रियता र समुदायमा आएको परिवर्तनका विषयमा सामुहिक छलफल गरि आगामी २ वर्षको मार्ग तय गरिएको हो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका डेपुटी टिम लिडर नारायण प्रसाद वाग्लेका अनुसार पूर्वाधार र्मिाण सगँसगै पारदर्शी रुपमा योजना छनौट, संचालन गरिएको योजनाहरुको सहभागितामुलक अनुगमन तथा सामाजिक लेखा परिक्षण गर्दै, सम्पूर्ण पुँजीगत खर्च उपभोक्ता समितिले स्वयं गर्ने र खरिद गर्दा पारदर्शी रुपमा परियोजनाको खरिद प्रक्रिया अब्बल रहेको बताउनुभयो ।

टेलिभिजन कार्यक्रम जलस्रोत तथा जीविकोपार्जन सरोकारको प्रोमो यस्तो रहेको छ ।

Give Us Feedback