img2
धरान स्थित कोशी राजमार्गको जंगल बाटोमा सरसफाइ

सुनसरी जिल्लामा रहेको धरान उपमहानगरपालिकामा सरसफाइ गरिएको छ । धरान स्थित कोशी राजमार्गको जंगल बाटोमा तिनकुनेदेखि पानीपियासम्म सरसफाइ अभियान सम्पन्न भएको छ । 

सफाइ अभियन्ताको अग्रसरतामा भएको सो सफाइ अभियानमा हातेमालो उद्यमी महिला समूह, अभियन्ता र स्थानीयको सहभागिता रहेको थियो । 'स्वच्छ धरान, स्वस्थ धरान, हाम्रो अभियान' नाराका साथ सरसफाइ गरिएको हो । सरसफाइ गरेर फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ ।

जंगलको बाटोमा फोहोर नफाल्न सबै नागरिकले बुझनुपर्ने हुन्छ । जथाभावी फोहोर फाल्नले प्राकृतिक सुन्दरतालाई हानी गर्ने र नराम्रो छविको सृजना गर्छ । फोहोर व्यवस्थापन तर्फ सबैको ध्यान जान आवश्यक रहेको छ ।

सामाजिक चेतनाको विकास गर्न सरसफाइ अभियानले सहयोग गरेको छ । विभिन्न रोगको संक्रमणबाट बच्न समेत फोहर व्यवस्थापन अत्यावश्यक भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको छ । 

तस्बिर सौजन्य: धिरेन्द्र शाह 

Give Us Feedback