img2
धार्मिक पर्यटनको लागि: विन्ध्यवासिनी मन्दिर

विन्ध्यवासिनी मन्दिर पोखरा शहरमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । पोखराबाट सराङ्कोट जाने बाटोमा विन्ध्यवासिनी मन्दिर अवस्थित छ ।

पोखराको प्रख्यात पर्यटकीय स्थलमध्ये एक प्रमुख स्थलको रूपमा यो मन्दिरलाई मानिन्छ । यस मन्दिरबाट अन्नपुर्ण हिमश्रृङ्खलाको राम्रो दृश्यावलोकन गर्न सकिन्छ । 

यस मन्दिर धार्मिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको छ। यहाँ दर्शनका लागि नेपालबाट मात्र नभई भारत तथा अरु विभिन्न देशबाट भक्तजन आउने गर्दछन् । 

ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस मन्दिरको दर्शन गर्न अवश्य जाऔं । 

तस्बिर सौजन्य: गणेश पौडेल

Give Us Feedback