img2
कोरोना त्रास: नागरिकको सानो सहयोगले पूस्ता र पृथ्वीकै अस्तित्व बच्छ

विश्वव्यापी रुपमा त्रास बढेको अवस्थामा नेपाल सरकारले  कोरोना भाइरस कोभिड(१९ को संक्रमण रोकथाम तथा सम्भावित खतरा न्युनीकरण गर्न नेपालभर लक डाउन गरेको छ । लकडाउन गरेसगैँ अधिकांश जिल्ला सुनसान तथा नागरिकको आवतजावतमा कमी आएको छ ।

नेपालभर अत्यावश्यक सेवा तथा व्यवसाय संचालन गर्ने वातावरण तय गर्दै अन्य क्षेत्रका नागरिकलाई घरबाट  बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ ।

ईको समाचार www.ecosamachar.com सम्पूर्ण नागरिकमा यो विपद्को घडीमा सरकारको आग्रहलाई साथ दिन अनुरोध गर्दछौ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  विभिन्न संचार माध्यममार्फत सार्वजनिक गरेको सन्देश अनुसार सबै नागरिकले सरसफाइ, व्यवहार सुधार तथा हिडडुल कम गरेर सहयोगका लागि अपिल गर्दछौ ।

यहाँको सानो सहयोगले पूस्तौँ पूस्ताको जीवन र जगतकै अस्तित्व गाँसिएको विषय स्मरण गराउन चाहन्छौ ।

 

Give Us Feedback