img2
विश्व पानी दिवसमापनि कोरोनाबारे जनचेतना

आज मार्च २२, अर्थात  विश्व पानी दिवस । कोरोना (कोभिड १९) बाट सुरक्षित रहन जनचेतना मूलक कार्यक्रम सोसाईटी अफ पव्लिक हेल्र्थ  ईन्जिनियर्स नेपाल सोफेन र गुथि संस्थाले संयुक्त रूपमा गर्ने बताईएको छ ।

चैत्र ९ गते आईतवारका दिन २ ३० बजे मंगलबजारको सार्वजनिक शौचालयमा आउने प्रयोगकर्ताहरूलाई साबुन पानीले हात धुने प्रक्रिया सिकाउने, स्यानिटाईजरको प्रयोग र २ सय जनालाई  नि शुल्क माक्स वितरण गर्ने कार्यक्रम रहेको छ ।
 
“साबुनपानीले मिचीमिची हात हरेक पटक धुने बानीले कोरोना भाईरस लगायत विभिन्न रोगका जीवनबाट रोकथाम गर्न सकिन्छ र विश्व पानी दिवसको अवसरमा कोभिड(१९ को महामारीवाट सुरक्षित रहन सार्वजनिक शौचालय जस्तो संवेदनशील सेवाका प्रयोगकर्ताहरूलाई सचेतना दिलाउने अभियानको थालनी गर्ने गुठीका सल्लाहकार प्रकाश अमात्यले बताउनुभयो ।

सार्वजनिक शौचालय विभिन्न रोगको संक्रमणको सम्भावना भएकाले शौचालय सरसफाइ तथा व्यवस्थापन गर्ने सफाई कर्मचारीलाई स्वास्थ्य सुरक्षा सामग्री समेत प्रदान गरिएको बताईएको छ ।

Give Us Feedback