img2
झापामा कोरोनाबाट बच्न सेनिटाइजर बनाउन र प्रयोग गर्न सकाईयो

पूर्ण सरसफाइ अभियान संचालन भइरहेको झापाको कमल गाउँपालिकाका २२ बर्षीय रिवज खतिवडाले न्यूरो हस्पिटल बिराटनगरमा सेनिटाइजर बनाउने तालिम लिएपछि अहिले आफ्नै गाउँमा अरुलाई सेनिटाइजर बनाउन सिकाउन शुरु गर्नुभएको छ ।

बि एस्सी तेस्रो बर्षमा अध्ययनरत उहाँले न्यूरो अस्पताल बिराटनगरले सेनिटाइजर बनाउने तालिम दिदँै छ भन्ने सुनेर तालिममा सहभागी भएको र तालिममा आफूले सिकेको कुरा आफ्नो गाउँमा पनि सिकाउन सम्भव रहेकोले वडा नं ४ को दिप ज्योति टोलमा यो तालिम संचालन गरेको बताउनुभयो ।

पहिलो पटक भने आफ्नै खर्चमा यो तालिम चलाएको बताउँदै खतिवडाले गाउँपालिकाले सहयोग गर्ने हो भने आफू सिँगो गाउँपालिकामा यो तालिम संचालन गर्न तयार रहेको बताउनुभयो ।

कमल गाउँपालिकामा पूर्ण सरसफाइ अभियान संचालित छ भने साबुन पानीले हात धुने अभ्यासलाई गाउँपालिकाले अभियान संचालन भएदेखि नै प्राथमिकतामा राखेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले बताउनुहुन्छ ।

कोरोना भाइरस लगायत अन्य रोगका संक्रमणबाट बच्न समय समयमा साबुन पानीले हात धुने अथवा सेनिटाइजरको प्रयोगले सम्भावित जोखिम घटाउन सहयोग पुग्ने बताईएको छ ।  

 

Give Us Feedback