img2
कोरोनाबाट बचौँ: घरमै बसेर काम गर्न प्रधानमन्त्रीको आग्रह

विश्वव्यापी रुपमा त्रास बढेको अवस्थामा नेपाल सरकारले  कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा सम्भावित खतरा न्युनीकरण गर्न नेपालभर लक डाउन गरेको छ ।

सरकारले सडक तथा सार्वजनिक स्थानमा अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन नागरिकलाई आग्रह गरेको हो ।

प्रधानमन्त्री के. पी शर्मा ओलीले आफुपनि बालुवाटारबाट सरकार संचालनको काम गर्दै आवश्यक निर्देशन दिएको जानकारी गराउदै यस विपद्को समयमा धैर्यगरि घर भित्रै बस्न आग्रह गर्नुभएको हो ।

सरकारले लकडाउनको समय अझै लम्बिन सक्ने संकेत गर्दै दैनिक उपभोयका सामान व्यवस्था गर्न समेत आग्रह गरेको छ ।
यससगँै सरकारले देशभर संक्रमणको लक्ष्ण्यण देखिएका बिरामीको स्वास्थ्य जाचँ गराउने वातावरण सबै प्रदेशमा गर्न लागिएको उच्चस्तरीय समन्वय समितिका अएक सदस्यले जानकारी गराउनुभयो ।

विभिन्न स्थानमा एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ ।समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले विभिन्न जिल्लामा क्वारेन्टाइन बनाउन लागेको छ ।

Give Us Feedback