img2
घरको फोहरबाहिर निकालेर अर्को महामारी नफैलाऔँ ।

कोरोनाको संक्रमणबाट बचाउन सरकारले गरेको लकडाउनका कारण नागरिकको दिनचर्या फेरिएको छ । लकडाउनका समयमा नागरिकले विशेष ध्यान दिनुपर्ने एउटा विषय बनेको छ, फोहोरमैला व्यवस्थापन ।

लक डाउनको समयमा घर घरबाट  तथा सार्वजनिकस्थलको फोहोर संकलन समयमा हुन नसक्ने भएकाले फोहरलाई स्रोतमै व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

ललितपुर महानगरपालिका, काठमाडौँ महानगरापालिका लगायतका स्थानीय सरकारले नागरिकलाई फोहोर व्यवस्थापनमा सचेत बन्दै अर्को महामारी ननिम्त्याउन आग्रह गरेको  हो ।

कुहिने फोहोरलाई स्रोतमै व्यवस्थापन गरेर मल बनाउने तथा नकुहिने फोहोरलाई संकलन गरेर राख्न आग्रह गरिएको हो ।

सरसफाइमा काम गर्ने संस्था, स्थानीय सरकारका कर्मचारी तथा वातावरण सरसफाइमा क्रियाशिला व्यक्तिहरूको स्वास्थ्य र सुरक्षाको कारणले  समय अनुकूल नभए सम्म फोहरमैला संकन कार्य गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग र सहकार्य गरिदिन आग्रह गरिएको हो ।

 

 

Give Us Feedback