img2
लकडाउनका कारण काठमाडौको वायुको गुणस्तरमा सुधार

विश्वव्यापी रुपमा सक्रमण रहेको कोरोना अर्थात कोभिड १९ को न्युनीकरणका लागि नेपाल लकडाउन गरिएको छ । लकडाउनको ७ औँ दिनसम्म आईपुग्दा सवारी साधन, उद्योग कलकारखाना बन्द भएको र नागरिकको आवत जावत नभएकाले प्रदुषणको मात्रा घटेको छ । सवारी साधनको धुवाँ ननिस्केको र अन्य प्रदूषण नभएकै कारण आकाश सफा देखिएको छ ।

प्रदूषण मापन यन्त्रमा सार्वजनिक भएको आकंडा अनुसार ८५ अर्थात मध्यम देखिएको छ । शहर तथा ग्रामीण क्षेत्रमा चहलपहल नभएकै कारण वायुको गुणस्तरमा सुधार आएको हो ।

Give Us Feedback