img2
कोरोना त्रासः नागरिकको सावधानीनै समाधानको बलियो आधार

कोरोना भाईरसको संक्रमणले विश्व प्रताडित बनेको छ । चिनको बुआनबाट शुरु भएको कोरोना भाईरसको संक्रमण विश्वका १८० भन्दा बढी देशमा फैलिएको छ । मार्च २९, २०२० का दिन नेपाली समय २ बजेसम्म हेर्ने हो भने ६ लाख ६४ हजार नागरिक  संक्रमित भएका छन् र करिब ३० हजार नागरिकको मृत्यु भईसकेको छ ।

नेपालमापनि संक्रमण फैलिएको र ५ जना नागरिकमा परिक्षण गर्दा पोजिटिभ देखिएको छ । सरकारले थप संक्रमण नफैलन सावधानी अपनाउदै लकडाउन गरेको छैठौँ दिन भईसकेको छ । नागरिक संक्रमणको क्रासमा  सम्भव भएसम्म घरमै बसीरहेका छन् । कोरोना भाईरसको संक्रमणबाट बच्दै लकडाउन समय कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा शुभेच्छा अस्पताल सीतापाईलाका मेडिकल डिरेक्टर डा दिपक सुन्दर श्रेष्ठसगँ गरिएको संवादको सम्पादित अंश हामी प्रस्तुत गर्दैछौ ।

    कोरोना सबैले सुनेका छन् तर यो वास्तवमा के हो ?
विश्वकै नागरिकका लागि कोरोना एक परिचित शब्द बनेको छ । यो एक प्रकारको भाईरस हो । यसका कारण मानिसको श्वास प्रश्वासमा समस्या सृजना गर्छ र मानिसको उमेर एवं रोगसगँ लड्ने क्षमता अनुसार असर पार्दछ । यसलाई विश्व स्वास्थ्य संगठनले कोभिड १९ को रुपमा नामाकरण गरेको छ । यो नयाँ भाईरस भएकाले यसको उपचार पद्धती अझै पत्ता लागिसकेको छैन । त्यसकारण पनि यसमा निकै सावधानी अपनाउनु आवश्यक छ ।

कोभिड १९ एक मानिसबाट अर्कोमा कसरी सर्छ ?
सामान्य रुपमा कोरोनाको संक्रमण भएको व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने थुक, ¥याल वा अन्य त।ल पदार्थसगँ ैभाईरस निस्किएर हावामा मिसिन्छ । उक्त हावा अन्य मानिसको सम्पर्कमा जादाँ संक्रमण हुने डर रहन्छ । यसका साथै संक्रमित व्यक्तिले प्रयोग गरेका सामानबाट पनि सर्ने सम्भावना रहन्छ । त्यसैले सबै नागरिक यस रोगबारे धेरै ज्ञान लिएर बुझ्दै शतर्क भएर नडराउन आग्रह गर्दछु । यो नयाँ रोग भएकाले यसका विषयमा  विभिन्न वैज्ञानिक अध्ययन भईरहेकाले माध्यममा केहि परिवर्तन समेत हुन सक्नेछ ।  

कोभिड १९ बाट  नागरिक कसरी बच्न सक्छन् ?
कोरोना भाईरसले सार्ने रोगको सन्दर्भमा विभिन्न अध्ययन भईरहेका छन् । तत्कालका लागि धेरै भिड भाडमा नजाने, खोक्दा वा हाछ्यु गर्दा रुमालको प्रयोग गर्ने, माक्सको निरन्तर प्रयोग गर्दै समय समयमा विधि अनुसार साबुन पानीले हात धुदाँ यो रोगबाट बच्न सकिन्छ । हामी सबैले साबुन पानीले हात धुने र व्यक्तिगत सफाइमा विशेष ध्यान दिनुपर्छ । विश्व स्वास्थ्य संगठनको अनुसार हात धुदाँ कम्तिमा २० सेकेण्ड सम्म धुनुपर्छ । यसैगरी आफ्ना साथीभाई वा आफन्तसगँ आत्मिय रुपमा भन्दापनि शारीरिक रुपमा टाढा रहदा संक्रमणको जोखिमबाट बच्न सबैमा  आग्रह गर्दछौँ ।

 तपाइको आफ्नो दैनिकी लकडाउनपछि कसरी बितिरहेको छ ?
लकडाउन आफैमा असामान्य देखिएको परिस्थितीलाई नियन्त्रण गर्न सरकारले चालेको कदम हो । म स्वयं नियमित रुपमा अस्पताल जाने गरेको छु । हामीले जस्तै धेरै अस्पतालको बहिरंग विभाग बन्द गर्न बाध्य भएका छन् त्यसैले सामान्य बिरामीको भिडभाड छैन । अस्पतालमा भर्ना भएका उपचाररत मानिसको  चेक जाचँ भईरहेको छ । पारिवारिक रुपमा समय व्यत्तित गर्ने अवसर मिलेको छ ।


कोरोनाको उपचारमा नेपालको निजी अस्पतालले बेवास्ता गरे भन्ने समाचार सार्वजनिक भए नि ? यसमा यहाँको धारणा के हो ?
म सबै निजी अस्पतालको विषयमा बोल्न त उचित ठान्दिन । हामीले  ईमरजेन्सी सेवा संचालन गरिरहेका छौँ र यस विषयमा अन्य अस्पताललेपनि नाई भन्न मिल्दैन । सबै नागरिकमा स्वास्थ्य सेवा प्रदान गर्नु अस्पताल र स्वास्थ्य कर्मीको धर्म हो । जहाँसम्म कोरोना उपचारको विषय छ याृे रोग नयाँ भएकाले यसको उपभारमा विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ । धेरै निजी अस्पतालको सो किसिमको पूर्वाधार, ईक्विमेन्ट तथा जनशक्ति नभएकाले पनि उपचारमा समस्या रहेको हुनसक्छ ।  

सरकारले कोभिड १९ कै उपचार गर्न भनेर विभिन्न अस्पतालमा पूर्वाधार तथा जनशक्ति तयार गरेको छ । नेपालमा अहिलेसम्म संक्रमण देखिएका व्यक्तिलाई त्यहि उपचार समेत भईरहेको छ । हाम्रो अस्पतालमा  आईसोलेशन वार्ड कसरी व्यवस्थापन गर्ने भनेर प्रक्रिया बढाईसकेका छौँ । स्वास्थ्यकमी तथा स्वास्थ्य संस्थाले विशेष सावधानीका  साथ कोरोना नियन्त्रणमा काम गर्न आवश्यक रहेको छ । निजी अस्पतालले  उपचारका लागि आउने अन्य बिरामीलाई लिदै नलिने भन्न हुदैन ।

नेपालमा स्वास्थ्यकर्मीले कोरोनाको उपचारमा संलग्न हुने वातावरणलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
कोरोना भाईरसका कारण संक्रमणमा परेका बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीमा मनोबल र व्यक्तिगत सुरक्षाका सामाग्री अनिवार्य तथा अत्यावश्यक रहेका हुन्छन् । स्वास्थ्यकर्मीले आफ्नो व्यक्तिगत सुरक्षा स्वास्थ्य सेवामा झन् समस्या निम्तिन सक्छ । सरुवा रोग भएकालेपनि संक्रमित व्यतिलाई अपर्याप्त ईक्विमेन्टबिना उपचार गर्दा स्वास्थ्यकमीको मनमा पनि संकोच रहन्छ । डाक्टर नर्स वा अन्य अस्पतालमा कार्यरत कर्मचारीले आफ्नो सुरक्षापनि ध्यान दिनुपर्छ  ।उपचारका लागि अत्यावश्यक मानिएको पर्सनल प्रोटेक्टिभ ईक्विमेन्टको (PPE) पर्याप्त रुपमा उपलब्ध नहुदाँ समस्या देखिएको छ ।

एउटा स्वास्थ्यकर्मी माक्स, भाईजर गगल्स, शरिर ढाक्ने सुट, पञ्जा, बुट लगायतका सामाग्री रहेको पर्सनल प्रोटेक्टिभ ईक्विमेन्टबिना उपचारमा संलग्न हुनु भनेको उ आफुसगँै अन्य नागरिकलाईनै संक्रमण गराउनु हो । कोरोना भाईरस नियन्त्रणका लागि विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने सबै व्यक्तिलाई यसको उपलब्धता आवश्यक रहेकोले सरकारलाई व्यवस्थापनका लागि अनुरोध समेत गर्दछु ।

 लकडाउनको समयमा मानिसको खानपान र बानी व्यवहारले स्वास्थ्यमा कस्तो असर पर्न सक्छ ?
लकडाउनले धेरैलाई फुर्सदिलो बनाएको अनुभव भएको छ । सरकारले घरभित्रै बस्न गरेको आग्रहले मानिसको शरीरिक मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्य अन्य समयभन्दा फरक रहेको छ । सबै मानिसले आफ्नो खानपान तथा दैनिकीमा  ध्यान दिनुपर्छ । म सबैलाई सामान्य रुपमा योगा, व्यायाम गर्ने,
चिल्लो पिरो धेरै नखाने, तौल बढ्ने किसिमको खाना नखाने , वालवालिका तथा वृद्धवृद्धाको विशेष हेरचाह गर्ने विषयमा ध्यानकर्षण गराउन चाहन्छु ।  सबैले आफ्नो व्यक्तिगत तथा घरायसी सरसफाइ गर्न आवश्यक रहन्छ । संचारमाध्यमले बताएअनुसार शारीरिक दुरी कायम गर्दै दिनचर्यालाई बढी व्यवस्थित गर्न आग्रह गर्दछु ।  


कोरोना शहरमा हो गाउँमा त आउदैन भन्छन् नि ?
सबै नागरिकले बुझ्नुपने के हो भने कोरोना भाइरस कुनै भूगोलका कारण लाग्ने होईन् । स्वभाविक रुपमा मानिसको जनसंख्याको चाप बढी हुदाँ त्यस स्थानमा कसैलाई संक्रमण भएको भए सर्ने सम्भावना बढी रहन्छ भन्ने हो । शहर र गाउँ भन्दापनि संक्रमण भएको व्यक्ति भएको ठाउँमा सर्न सक्ने भएकाले संयम र चनाखो हुन जरुरी छ ।

नेपालमा कोरोनाको असर न्युनीकरण गर्न नागरिकको भूमिका के रहला ?
नेपालको सन्दर्भमा कुरा गर्दा अहिले सम्म कोरोना भाईरस रागको रुपमा रहेको छ । यद्यपी यो र्ईटली, चिन  स्पेन अमेरिका जस्ता विकसित र अत्याधुनिक स्वास्थ्य सेवा भएका मुलुकमाजस्तो माहामारीको रुपमा लिएको छैन तर लिन सक्ने सम्भावनालाई नकार्न सकिदैन । हामीले आफ्नो व्यवहार सुधार्ने प्रयास गरेनौ भने कोरोना भाईरसको संक्रमण नियन्त्रण बाहिर जान सक्छ । हाम्रो सिमित स्वास्थ्य सेवा र यो गुणस्तरले संक्रमण तत्काल नरोकिन पनि सक्छ त्यसैले लकडाउनको समय केहि कष्टकर भएतापनि यो हामी सबैको लागि हो भनेर बुझ्नु आवश्यक छ । म सरकारलाई यथाशिघ्र पूर्वाधार व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै म जस्ता हजारौँ स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ आफ्नो सुरक्षाका सामाग्रीको प्रयोग गर्दै रोगको उपचारमा लाग्न प्रेरित गर्न चाहन्छु ।

यसका साथसाथै कोरोना नयाँ प्रकृतिको भाईरस भएकाले यसको नियन्त्रणमा सबै नागरिकको भूमिका रहन्छ । सामाजिक संजालमा प्राप्त हुने भ्रमपूर्ण सामाग्री तथा हल्लाका पछाडी नलाग्न आग्रह गर्दै ईकोसमाचार मार्फत सम्पूण संचारमाध्यमलाई जिम्मेवार भूमिका निर्वाह गर्दै सहि सूचना प्रवाह गरिदिन आग्रह गर्दछु । हामी सबैको सामुहिक प्रयासले यो रोगको रोकथाम गर्न सकिने कुरामा विश्वस्त दिलाउन चाहन्छु ।

 

 

Give Us Feedback