img2
धार्मिक पर्यटनको लागि: गोकर्णेश्वर मन्दिर

काठमाडौं जिल्ला रहेको गोकर्णेश्वर महादेवको मन्दिर नेपालको प्रसिद्ध तीर्थस्थल मध्य एक हो । नेपालकै एक प्राचीन र महत्वपूर्ण मन्दिरको रुपमा रहेको गोकर्णेश्वर मन्दिर बाग्मती नदीको किनारमा अवस्थित छ । 

गोकर्णेश्वर मन्दिर काष्ठकलाले भरिपूर्ण रहेको छ । गोकर्णेश्वर मन्दिरलाई कला र वास्तुकलाको भण्डार भनेर पनि चिनिन्छ । 

गोकर्ण क्षेत्रमा विभिन्न धार्मिक तथा लौकिक वास्तुकलाका नमूनाहरू यत्रतत्र छरिएर रहेका छन्। गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्वपूर्ण गन्तव्यस्थल हो ।

यस मन्दिर आन्तरिक पर्यटकमाझ लोकप्रिय छ । ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस मन्दिरको दर्शन गर्न अवश्य जाऔं । 

तस्बिर सौजन्य: Suraj Belbase

Give Us Feedback